नेकपाले महंगी र चर्को ब्याजविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो । पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीले आगामी फागुन ५ र १५ गते चर्को महंगीका बिरुद्धमा देशव्यापी विरोध गर्ने बताए । उनले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि बताए । उनले पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलहरुबीच रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको समेत बताए ।
उनले आगामी दिनमा राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको बताए । उनले पार्टीले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका बिरुद्ध संघर्ष गर्ने पनि बताए । उनले भने, ‘पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक
समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने, पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलहरुबीच रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको छ । विश्वमा हाबी रहेको भूमण्डलीकृत पुँजीवादका कारण मानव जातिले दोस्रो विश्वयुद्ध पछि सबैभन्दा खराब अवस्था भोग्नु परिरहेको छ । बैकठले पार्टी संगठनमा निर्णय लिँदै जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरी जनताको सुख दुःखमा पार्टी पुग्ने योजना अघि सारेको छ । पार्टीले आगामी दिनमा राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको छ ।’
प्रवक्ता विश्वकर्माले भने, ‘एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका बिरुद्ध संघर्ष गर्ने । जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्छ । फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका बिरुद्ध र फागुन १५ गते चर्को महंगीका बिरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्नेछ । ३ बुँदे सहमतिअनुसार एकीकृत जनक्रान्तिका सम्पूर्ण कमरेडहरु मुक्त हुनुपर्नेमा हालसम्म पनि ४० जना कमरेडहरु विभिन्न जेलहरुमा हुनुहुन्छ । राज्यले सहमति गरेअनुसार अविलम्व बन्दी कमरेडहरु मुक्त गर्नुपर्छ । साथै मुद्दाहरु खारेज गरिनुपर्छ ।’ पार्टीले गरेको ३ बुँदे सहमति अनुसार एकीकृत जनक्रान्तिका कारण जेलमा रहेका नेताहरु रिहा हुनुपर्ने माग गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
समातिए फिलिपिन्सका पूर्व राष्ट्रपति दुतेर्ते
-
पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुक पेज ह्याक भएको सचिवालयको दाबी
-
रुस–युक्रेन युद्धमा मारिएका पूर्ववडाध्यक्षको किरिया गर्दै वृद्ध बुवा
-
चिकित्सकको लापरवाहीले म्याराडोनाको मृत्यू भएको दाबी, सातजनाविरुद्ध मुद्दा चलाइँदै
-
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
-
प्रतिक्रान्तिकारीहरूलाई पूरै परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ: प्रचण्ड