निर्मला हत्या प्रकरण : आशङ्का गरिएका ३ जनाको डीएनए रिपोर्ट नेगेटिभ
काठमाडौँ । निर्मला पन्तको हत्यामा संलग्न आशङ्कामा सङ्कलन गरिएका ३ जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मलाको हत्यामा संलग्न आशङ्कामा केन्द्रीय अनुसन्धान ब्युरोले ५ जनाको रगतको नमुना सङ्कलन गरेको थियो ।
सङ्कलित नमुना परीक्षण गर्दा ३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । डीआईजी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले दुईजना भारतीय नागरिकसहित ५ जनाको रगतको स्याम्पल सङ्कलन गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो ।
ब्युरो स्रोतका अनुसार भारतीय नागरिक मोहम्मद इस्लाम नामका दुईजना र एकजना भीमदत्त नगरपालिकाका स्थानीयको रिपोर्ट नेगेटिभ आएको छ । प्रहरीले भारतको पिल्भीथबाट मोहम्मद इस्लाम नामका दुई जना भारतीयको रगतको नमुना सङ्कलन गरेर काठमाडौँ ल्याएको थियो । कञ्चनपुरस्थित निर्मलाको घर नजिकै तरकारी खेती गर्ने किशानका छोरा मोहम्मद इस्लामसँग नाम मिलेपछि दुईजनाको नमुना सङ्कलन गरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । २०७९ पुस २० मा उनीहरूको रगतको नमुना सङ्कलन गरेर काठमाडौँ ल्याइएको थियो ।
निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भयो । १३ बर्सिया निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १२३ जनाको डीएनए जाँच गरेको छ । तर, डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा शून्य छ ।
डीआईजी सिंह नेतृत्वको पछिल्लो समितिले डीएनए जाँच गर्न ५ जनाको रगतको स्याम्पल सङ्कलन गरेको थियो । तिमध्ये दुई जनाको रिपोर्ट आएको छैन ।
पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गर्नुपरेको हुनाले केन्द्रीय विधि विज्ञान प्रयोगशालाले दुईजनाको परीक्षण रिपोर्ट दिन सकेको छैन ।
आरोपी पहिचान नहुँदासम्म सिआईबीले अनुसन्धान जारी राख्ने एसपी थापाले बताए । उनि भन्छन्–‘भजाइनल स्वाबसँग डीएनए मिल्नुको विकल्प छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा