विवाहको तस्बिर सार्वजनिक गर्दै कियारा–सिद्धार्थले : भने, ‘हाम्रो परमानेन्ट बुकिङ भयो’
बुधबार, २५ माघ २०७९, ०९ : ४६

सिद्धार्थ मलहोत्रा र कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । फिल्म ‘शेरशाह’ बाट सुरु भएको दुईको लभ स्टोरीले अब नयाँ मोड लिएको छ । सिद्धार्थ र कियाराले जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गरेका हुन् । सिद्धार्थ र कियाराले आफ्नो विवाहको तस्बिरलाई सोसल मिडियामा सेयर गरेका छन् । तस्बिरमा दुलहा–दुलही असाध्यै राम्रा देखिएका छन् । उनीहरू निकै खुसी पनि देखिएका छन् ।
कियाराले पाउडर पिंक कलरको लेहेंगा लगाएकी छिन् भने सिद्धार्थले गोल्डन शेयरवानी लगाएका छन् ।
सिद्धार्थ मल्होत्राले विवाहको तस्बिर सार्वजनिक गर्दै आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘अब हाम्रो पर्मानेन्ट बुकिङ भएको छ ।’
उनले थपेका छन्, ‘हाम्रो आगामी यात्रामा हामी तपाईंको आशीर्वाद र मायाको अपेक्षा गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक
-
पेस्तोल देखाएर काठमाडौँमा लागुऔषध कारोबारीसँग असुलीधन्दा
-
बागमती सरकारले लेखापरीक्षण र साधारणसभा नगर्ने सहकारीको जोखिम नियन्त्रण गर्ने
-
दुई तिहाइको सरकारको नालायकीका कारण निरङ्कुशतन्त्रे टाउको उठाउन खोज्यो : वर्षमान पुन
-
पहिलो पटक गैरसरकारी विधेयक दर्ता
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले हुन्छ सार्वजनिक ?