सांसददेखि पूर्वमेसुसम्मको कब्जाबाट मुक्त हुँदै जनकपुर प्रादेशिक अस्पतालको आवास

जनकपुरधाम । सांसद, पूर्व मेसु, सरुवा भइसकेका कर्मचारी मात्रै होइन अवकाससमेत भइसकेका कर्मचारीहरुले कब्जा गरेर बसेका प्रादेशिक अस्पताल जनकपुरको कर्मचारी निवास कब्जा मुक्त भइरहेको छ ।
अस्पतालमा नयाँ उपनिर्देशक डा.कृष्णदेव दास नियुक्त हुँदै २०७९ कार्तिक १४ गते भएको उपकुलपतिस्तरीय निर्णय अनुसार मंसिर २८ मा अस्पतालको हाताभित्र रहेको तालिम भवन तथा अनाधिकृत रुपमा कर्मचारीहरुले प्रयोग गरिरहेका निवास खाली गराउने लिखित सूचना नै दिएका थिए ।
सो सूचनाको म्याद पौषमसान्तसम्म रहेपनि अटेर गरिरहेका कर्मचारीहरु अहिले भने करिब करिब सबैले खाली गरिसकेको उपनिर्देशक डा. दासले जनाएको छ ।
अस्पतालको कर्मचारी निवासमा धनुषा क्षेत्र नम्बर ४ (क) का सांसद शेष नारायण यादवका श्रीमती प्रेमा ढकाल स्टाफ नर्सको रुपमा अस्पतालमा कार्यरत थिइन् । तर, उनको सेवा अवधि सकिएपनि अस्पतालको निवास प्रयोग गर्दै आएको थियो । उनी मात्रै होइन अस्पतालका पूर्व मेसु डा.प्रमोद कुमार यादव गत असारमै सरुवा भएर काठमाडौं गइसके । तर, उनले प्रयोग गर्दै आएका कर्मचारी निवासमा उनका भान्जाहरू बस्दै आएका थिए ।
त्यस्तै स्टाफ नर्स गीता थापाको डेढ वर्ष अघि सरुवा भइसक्यो । तर, उनले प्रयोग गर्दै आएको कर्मचारी निवास अझै खाली गरेकी गत पुष मसान्तसम्म पनि खाली गरेको थिएन । उनी गइसकेपछि अस्पतालकै कर्मचारी सञ्जिता यादवको निवासमा उनको आफन्त बसिरहेका थिए । तर, उपनिर्देशक डा. दासले यसमा क्वीक एक्सन लिएपछि अहिले भने उनीहरुले निवास खाली गराउने क्रम जारी राखेको छ ।
‘अनधिकृत रुपमा प्रयोग भइरहेको अस्पतालको कर्मचारी क्वार्टर करिब करिब खाली भइसक्यो’, अस्पतालका उपनिर्देशक डा. दासले रातोपाटीसँग कुरा गर्दै भने, ‘यो हप्ता पूर्ण रुपमा खालि भइसक्छ ।’
‘यस विषयमा सुरुमा सूचना प्रकाशन गरेरै अनाधिकृत रुपमा कब्जामा रहेको क्वार्टर खाली गराउन लागेपछि केही दिन त अप्ठ्यारो भयो । तर, कारबाही अगाडी भइसकेपछि पछाडि हट्ने कुरा आएन’, उनले थपे, ‘अस्पतालको लागि २४ औं घण्टा खट्ने कर्मचारीहरूलाई प्राथमिकतामा राखी क्वार्टर दिने योजना बनाएको छु ।’
उनले यहाँ कतिपय स्थायी कर्मचारी र २४ औं घण्टा अतिआवश्यक पर्ने कर्मचारीहरूलाई आवास व्यवस्था नहुँदा अस्पतालको सेवासुविधालाई थप प्रभावकारी बनाउन कठिनाइ भएकोले यो अभियानमा आफू लागेको बताए ।
अगामी दिनमा अस्पतालको सेवासुविधाहरुलाई छिटो छरितो सर्वसाधारणहरुलाई प्रदान गर्नको निम्ति यो कदम चालेको बताए ।
उनले जारी गरेको सूचनामा तोकिएको म्यादभित्र अनाधिकृत रुपमा प्रयोग गरिरहेको निवास खाली नगरे उक्त कोठाहरुको बिजुली र पानीको लाइन समेत काटिने निर्देशन दिएपछि उनीहरु छाड्न बाध्य भएका हुन् ।
निवासमा जम्मा कति कोठा रहेको भनी यथार्थ यकिन नभएपनि सबैले निवास खाली गरिसकेको उनले जनाए । उक्त निवास कब्जा भएको सम्बन्धमा रातोपाटीमा गत माघ ५ गते समाचार पनि प्रकाशित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
ला लिगा : भ्यालेन्सिया, सेल्टा र डेपोर्टिभो विजयी
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई झट्का, घरेलु मैदानमै हारे बायर्न र बायर
-
फोटो खिचेरै मासिक ३० हजार, खाडी जानु परेन
-
‘गोविन्दे’ नामको जंगली हात्तीले फेरि लियो अर्को ज्यान
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरि हार्यो