‘अगस्त्य’ अभिनय गर्न २० किलो तौल बढाउँदै नाजिर
मङ्गलबार, २४ माघ २०७९, १५ : ४३

काठमाडौंँ । पछिल्लो समय फिल्म अभिनयका लागि कलाकार धेरै मिहिनेत गर्न थालेका छन् ।
अभिनयका लागि जीम धाउने, नृत्य सिक्ने लगायतका क्रियाकलाप सामान्य भयो, उनीहरु अहिले शारीरिक तौला समेत घटबढ गराउन थालेका छन् ।
उदाहरणको रूपमा अभिनेता नाजिर हुसेनलाई लिन सकिन्छ । केही अगाडि फिल्म ‘गुलाबी’ को फष्टलुकबाट चर्चा कमाएका उनले यो फिल्म अभिनयका लागि आफ्नो १७ किलो तौल घटाउका थिए ।
अहिले भने उनी अगस्त्य’ अभिनयका लागि २० केजी तौल बढाउन लागेका छन् । तौल बढाउन गरेको दैनिक वर्कआउटको तस्बिर उनले अहिले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने गरेका छन् ।
‘अगस्त्य’ सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म हो । फिल्ममा सौगात मल्ल र मलिकाको पनि मुख्य भूमिकामा छानिएका छन् । फिल्ममा नाजिर एक्सन अवतारमा देखिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल