विद्युत प्राधिकरणले डिमाण्ड चार्जको शुल्क परिमार्जन गरेसँगै सुन्दर यातायातको आन्दोलन स्थगित

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र सुन्दर यातायातबीचको विवाद तत्कालका लागि टरेको छ । सार्वजनिक यातायातमा विद्युतीय सवारी सञ्चालन गर्दै आइरहेको सुन्दर यातायातले विद्युत प्राधिकरणले सवारी चार्जिङमा डिमाण्ड चार्जका साथै अनावश्यक बिल पठाएर हैरान पारेको भन्दै गत आइतबार आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
चार्जिङ स्टेसनमा तोकिएको सुल्क मात्र लिन र डिमाण्ड चार्ज हटाउन माग गरेको सुन्दर यातायातले २४ घण्टा भित्र माग सम्बोधन गर्न भन्दै चार्जिङ स्टेसनसँगै यातायात सेवा नै बन्द गर्ने घोषणा गरेको थियो ।
तर, विद्युत प्राधिकरणले माघ २३ गते सोमबार आन्दोलनरत पक्षसँग वार्ता गरी तीन दिन भित्र चार्जिङ स्टेसनको लागि विशेष समिति गठन गर्ने, हाल सुन्दर यातायातको नाममा रहेको बिलमा संशोधन गरी पुनः बिल पठाउने र अब उपरान्त बिलमा अतिरिक्त सुल्क नलगाउने सहमति भएपछि यातायातले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको हो ।
गत माघ, २०७९ को बिलमा एटी–चार्जिङ स्टेसन (डिमाण्ड चार्ज प्रति केभी २०० रुपैयाँ र प्रतिकिलोवाट (युनिट) ५ रुपैयाँ ७५ पैसा हुनुपर्नेमा अन्यथा भएकोमा त्यसलाई संशोधन गरि पठाइएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर महिला गोल्डकप : ८ क्लब सहभागी हुने
-
एनएसएलमा ‘लाखे’ को फाइनलसम्मको यात्रा, तस्बिरहरू
-
राप्रपाका प्रदर्शनकारी बिजुलीबजारमा भेला हुने, पार्टी कार्यालयमा रणनीतिक बैठक
-
राप्रपाको आइतबारको आन्दोलनमा जगमान नेतृत्वको समितिको साथ
-
रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान
-
राप्रपालाई सरकारको चेतावनी : अराजकता फैलाए कानुन बमोजिम कारबाही हुन्छ