विप्लवले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै छन् । बुधबार दिउँसो १ बजे काठमाडौँको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागिएको हो ।
समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको पार्टीका एक नेताले बताए । ‘अहिलेको पछिल्लो राजनीतिक घटनाक्रम र बन्दी रिहा र मुद्दा फिर्ताको विषयमा जानकारी गराइने छ’ ती नेताले भने, ‘पछिल्लो पार्टी बैठकका निर्णय समेत सार्वजनिक गरिने छ ।’ सोही पत्रकार सम्मेलनमा विप्लवले पार्टीले अख्तियार गर्ने नीतिका विषयमा समेत जानकारी दिने बताएको छ । पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’सहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन् ।
गत शनिवार विप्लवसहित प्रवक्ता विश्वकर्मा कपिलवस्तुको शिवगढीबाट काठमाडौँ आएका थिए । त्यस लगतै माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड सहित प्रवक्ता कृष्णबहादुर महरा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेका छन् । कानुन मन्त्री ध्रुर्वबहादुर प्रधान सहित सत्ता साझेदार दलका नेताहरूलाई समेत भेट्ने कार्यतालिका बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस