अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान
सोमबार, २३ माघ २०७९, १८ : ३५

अंकारा । टर्की र सिरियामा सोमबार गएको घातक भूकम्पमा परी ५०० भन्दा बढीको ज्यान गएको छ ।
भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् ।
यसैबीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेको छ ।
टर्कीले 'स्तर ४' अलार्म जारी गर्दै सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।
टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सीले ७.८ म्याग्निच्युडको भूकम्पले तहसनहस पारेपछि तत्काल राहत र सहायता परिचालन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको हो । (रासस-एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध