कांग्रेसले राष्ट्रपतिको लोभमा फस्नु हुँदैन : नारायणमान बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन् ।
प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने कांग्रेसले यदि राष्ट्रपतिमा लोभ गरेको हो भने त्यो जस्तो नराम्रो दृष्टिकोण अरू केही पनि नहुने उनको भनाई थियो ।
रक्त सञ्चार क्लबको १३ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणा पत्र भन्दा बाहिर जाने छुट कुनै पनि राजनीतिक दलहरूलाई नरहेको पनि बताए ।
सत्तारुढ गठबन्धन प्रजातान्त्रिक नभएको भन्दै अध्यक्ष बिजुक्छेले असन्तुष्टि समेत व्यक्त गरे ।
अध्यक्ष बिजुक्छेले चुनाव अघि र पछि पनि साझा घोषणा पत्र अनुसार अघि बढ्न नसक्ने गरी गरिएको राजनीतिक गठबन्धनको कुनै अर्थ नहुने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ