शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा कङगो आक्रमणको निन्दा

सोमबार, २३ माघ २०७९, १६ : ४२
सोमबार, २३ माघ २०७९

एजेन्सी । आइतवार प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको हेलिकप्टरमा भएको आक्रमणको संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले कडा निन्दा गरेका छन् । उक्त घटनामा परी एक दक्षिण अफ्रिकी शान्ति सैनिकको मृत्यु भएको छ र अर्का एक गम्भीर घाइते भएका विज्ञप्तिमा  जनाइएको छ  । 

गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकविरुद्धको आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनअन्तर्गत युद्धअपराध हुनसक्छ र कङ्गोली अधिकारीलाई यस जघन्य आक्रमणको छानबिन गर्न र दोषीलाई तुरुन्तै न्यायको कठघरामा ल्याउन आह्वान गरेका छन् । महासचिवले कङ्गोको प्रजातान्त्रिक गणतन्त्रमा आफ्नो विशेष प्रतिनिधिमार्फत् संयुक्त राष्ट्रसङ्घले देशको पूर्वमा शान्ति र स्थायित्व ल्याउने प्रयासमा कङ्गोली सरकार र जनतालाई सहयोग गरिरहने कुरा पुनः पुष्टि गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घका महासचिवले मृतक शान्ति सैनिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको विज्ञप्तिमा भनिएको छ । हेलिकप्टर आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन ।  लामो समयदेखि असुरक्षा र हिंसाले ग्रस्त उत्तरी किभु प्रान्त सरकारी सेना र स्थानीय सशस्त्र समूहबीच महिनौंदेखि चलिरहेको लडाइँको केन्द्रबिन्दु बनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप