रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा शतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सञ्चालन
सोमबार, २३ माघ २०७९, १६ : २८
काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही माघ २३ गते देखि फाल्गुन १५ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।
पुनर्जागरण अभियान अन्तर्गत दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमालेखको हकमा मात्र लागू हुने र बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
कुनै पनि बीमालेख व्यतित रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्नु पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बीमालेख नवीकरण गर्न ग्राहकवर्गलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले लुम्बिनीका सांसद पार्टी सदस्यबाट निलम्बन
-
माग पूरा नभएसम्म हडताल गर्ने पीटीआईको घोषणा
-
दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने आजपाको निर्णय
-
संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन गर्न भुषालको संयोजकत्वमा उपसमिति गठन
-
नियमन आयोगको प्राधिकरणलाई निर्देशन– बक्यौता उठाउनू, अरू निर्णय यथास्थितिमा राख्नू
-
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु