मधेस प्रदेश सरकारमा सहभागी हुँदै माओवादी, मंगलबार १ बजे शपथ ग्रहण
जनकपुरधाम । मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ । गत माघ २० गते भएको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्र मङ्गलवार सरकारमा सहभागी हुन लागेको स्रोतले जनाएको छ । माओवादी केन्द्र अन्ततः एक मन्त्री र एक राज्यमन्त्री लिएर मधेस प्रदेशको मन्त्रिमण्डलमा सहभागी हुन लागेको हो ।
माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्रालय र एक राज्यमन्त्री पाउने भएको छ । उद्योग मन्त्रालयमा माओवादी केन्द्रले सुनिता यादवलाई पठाउने भएको छ । त्यस्तै उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले जिम्मेवारी पाएको स्रोतले जनाएको छ । मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन् ।
गत माघ २० गते मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्र मधेस प्रदेशमा पार्टी अध्यक्ष प्रचण्डकै निर्देशनमा सरकारमा सहभागी भएको थिएन । माओवादीलाई एक मन्त्री र एक राज्यमन्त्री मात्रै दिने अडान मुख्यमन्त्रीले राखेपछि अन्ततः माओवादी सरकारमा सहभागी हुन लागेको एक सांसदले बताए ।
मधेस प्रदेश दलका नेता भरतप्रसाद साहले माओवादीलाई एउटा विकासे र एउटा प्रशासनिक मन्त्रालय दिने तयारी गरिएको बताउँदै आएका थिए । दुवै मन्त्रीको शपथ मङ्गलवार दिउँसो हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
-
स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते