शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

टर्कीमा गएको भूकम्पको धक्का इजरायलमा समेत महसुस, सुरक्षित रहन दूतावासको आग्रह

सोमबार, २३ माघ २०७९, १५ : ४६
सोमबार, २३ माघ २०७९

काठमाडौं । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा ठूलो जनधनको क्षति पुगेको छ । 

भूकम्पको धक्का लेवनान, इजरायल, साईप्रस लगायतका छिमेकी मुलुकहरुमा समेत महसुस गरिएको थियो । 

त्यसपछि हुनसक्ने पराकम्पको सम्भावनालाई मध्यनजर गर्दै सतर्क एवं सुरक्षित रहन इजरायलमा रहेको नेपाली राजदूतावासले सबैमा अनुरोध गरेको छ । 

इजरायलमा समेत भूकम्पको धक्का महसुस गरिएको भन्दै दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको हो । 

इजरायलमा बारबारा नामक विन्टर स्ट्रोमले इजरायलमा ठूलो हावाहुरीसहित असिना पानी तथा केही क्षेत्रमा हिमपात गराएको छ । 

१०० किलोमिटर प्रतिघण्टाको गतिमा आइरहेको आँधीबाट सुरक्षित रहन दूतावासले सबैमा अनुरोध गरेको छ । 

कुनै अप्ठ्यारो वा असुविधा भएमा दूतावासमा सम्पर्क गर्न सबैमा अनुरोध गरिएको राजदूत कान्ता रिजालले बताइन् । 

अहिलेसम्म त्यस्तो समस्यामा परेको तथा हाताहाती भएको कुनै जानकारी नआएको दूतावासले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप