सन्दीपको खेललाई राम्रोसँग बुझेर टिममा राखेको हुँ : प्रशिक्षक देसाई

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षकमा मोन्टी देसाईले सन्दीप लामिछानेको खेललाई राम्रोसँग बुझेर टिममा राखिएको प्रतिक्रिया दिएका छन् । सोमबार नियुक्त भएलगत्तै उनले सो प्रतिक्रिया दिएका हुन् । प्रशिक्षक देसाईले भने, ‘मैले सन्दीपको खेललाई राम्रोसँग बुझेर उनलाई टिममा राखेको हो । सन्दीपको केस बारेमा पनि बुझेको छु । उनी टिममा पर्छन् । उनी जस्तो खेलाडी टिमलाई खाँचो छ ।’
प्रशिक्षक देसाइले सन्दीप अहिले राम्रो तयारी गरिरहेको जानकारी समेत दिए । उनले आफूले प्रशिक्षकको जिम्मेवारी पाउँदा निकै खुसी लागेको समेत बताए । नेपालसँग आफ्नो २०२१ देखिकै सम्बन्ध रहेको बताउँद उनले भने, ‘आज मलाई प्रशिक्षकको जिम्मेवारी पाउँदा खुसी लागेको छ । मैले पाएको अवस मेरो नेपालसँग २०१२ देखिको सम्बन्ध छ । नेपाल टिमसँग पनि राम्रो सम्बन्ध छ । मेरो सम्झौता क्यानसँग २ वर्षको छ, म त्यो भन्दा लामो सम्झौता बनाएर बस्न तयार छु ।’
नेपाल क्रिकेट संघ (क्यान)ले देसाईलाई सोमबार देसाईलाई राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु
-
सांग्रिला क्विजमा सञ्जुकुमारी र सुकीर्ति पहिलो
-
एससीटी–युपिआई कार्ड प्रयोगकर्तालाई शुक्र हाउस अफ डाईग्नोस्टिक्स् सेन्टरमा छुट
-
श्रमिकलाई आत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोषको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री लामा
-
तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ : अध्यक्ष गुरुङ
-
बोरामा ३५ वर्षीया महिलाको शव : ६ जना मिलेर गरेका थिए व्यवस्थापन