प्रधानमन्त्री प्रचण्डको काँधमा पाँचवटा मन्त्रालय

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा पाँचवटा मन्त्रालयको जिम्मेवारी आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार रिक्त रहेको थप दुई मन्त्रालयको कामकाज प्रचण्डले नै गर्नेगरी जिम्मेवारी तोकेसँगै उनको काँधमा पाँच वटा मन्त्रालय परेको हो ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले राजीनामा दिएका थिए ।
शिक्षामन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पदबाट राजीनामा दिएका थिए । यस्तै स्वास्थ्य राज्यमन्त्री तोसिमका कार्कीले पनि पदबाट राजीनामा दिएकी थिइन् । दुईमन्त्रीको राजीनामासँगै रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रचण्डलाई नै तोकेकी हुन् ।
यसअघि रास्वपाकै रवि लामिछानेको गृहमन्त्री पद गएपछि सो मन्त्रालय पनि प्रचण्डले नै सम्हाल्दै आएका छन् भने मन्त्रिपरिषद् विस्तार हुन बाँकी वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय पनि प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा