काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वारोध निर्वाचित भएकी छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।
उनी निर्वाचित भएसँगै सांसदहरुले बधाई दिनुका खुसी साटासाट गरिएको थियो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि आइतबार उनको मात्रै उम्मेदवारी परेको थियो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभा सदस्य अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएको घोषणा गरे ।
तस्बिरहरु हेर्नुहोस्
प्रतिक्रिया