राष्ट्र बैंकले आजबाट ट्रेजरी बिलबाट ऋण उठाउने
सोमबार, २३ माघ २०७९, १० : ४६

काठमाडौँ । सरकारले आजबाट ट्रेजरी बिल बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारबाट ७ अर्ब आन्तरिक ऋणका लागि १८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
यसैगरी सरकारले आज नै १४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याउने भएको छ । सरकार अनुसार केन्द्रीय बैंक अर्थात राष्ट्र बैंकले ले २८ दिन अवधिको २ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड, एक वर्ष अवधिको ५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुने गरेका छन् । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई