टर्की भूकम्प : १७ को मृत्यु, ५० घर ढले; सिरिया, लेबनान, इजरायलमा समेत धक्का महसुस
_Gu2dV8uV5n.png)
टर्कीमा सोमबार बिहान ७.८ तीव्रताको भूकम्प आएको छ । झट्का राजधानी अंकारा, नुरदगी सहरसमेत १० सहरमा महसुस गरियो । यसबाहेक सिरिया, लेबनान र इजरायलमा भूकम्पको झट्का महसुस गरिए ।
समाचार एजेन्सी एएफपीका अनुसार अधिकारीले हालसम्म १७ जनाको मृत्युको पुष्टि भएको छ । यीमध्ये ५ जनाको मृत्यु ओस्मानिए सहरमा भयो । सेनलुइर्फा सहरमा १२ जनाको मृत्यु भएको छ । टर्कीका यी दुई सहरमा ५० वटा घर ढलेको बताइएको छ । यस्तै, सिरियामा ८ जना मारिएका छन् ।
भूकम्पका तीन झट्का
युनाइटेड स्टेट्स जियोलोजिकल सर्वेका अनुसार पहिलो भूकम्पको केन्द्र कहरामनमारस प्रान्तको गाजियान्टेप सहरभन्दा ३० किलोमिटर टाढा र जमिनबाट करिब २४ किलोमिटर मुनि थियो । स्थानीय समयानुसार यो भूकम्प बिहान ४ बजेर १७ मिनेटमा आएको थियो । यसको ११ मिनेटपछि ६.७ तीव्रताको दोस्रो भूकम्प पनि आयो । यसको केन्द्र जमिनभन्दा ९.९ किलोमिटर मुनि थियो । दोस्रो भूकम्पको १९ मिनेटपछि ५.६ तीव्रताको तेस्रो भूकम्प पनि आयो । त्यसैले थुप्रै मानिस भग्नावशेषमा दबिएको आशङ्का गरिएको छ । उद्धार कार्य तीव्र पारिएको छ ।
भूकम्पको केन्द्र नजिकै थुप्रै सिरियाली शरणार्थी बस्छन्
न्युयोर्क टाइम्सका अनुसार भूकम्पको केन्द्र नजिकै अर्थात् गाजियान्टेप सहरमा थुप्रै सिरियाली शरणार्थीको बसोबास छ । युनाइटेड नेसन्स कमिशनर फर रेफ्युजीका अनुसार विश्वको सबैभन्दा धेरै शरणार्थी टर्कीमा बस्छन् । यीमध्ये ३.५ मिलियन सिरियाली शरणार्थी हुन् । गाजियान्टेपदेखि नै उनीहरूको मद्दतका लागि ठुलो अभियान चलाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध