मिलान डर्बीमा इन्टर विजयी
सोमबार, २३ माघ २०७९, ०७ : २५

सान सिरो । लाउटारो मार्टिनेजको निर्णायक गोलको मद्दतले मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई पराजित गर्न सफल भएको छ । जीतपछि दोस्रो स्थानमा रहेको इन्टर इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको नापोलीभन्दा १३ अंकले पछि रहेको छ । नापोलीले आइतबार नै स्पेजियालाई ३–० गोलले हराएको थियो ।
कप्तान मार्टिनेजले खेलको ३४ औँ मिनेटमा कर्नरबाट हेडमार्फत गोल गरेका थिए । खेलको अन्त्यतिर इन्टरका दुई गोललाई रद्द गरिएको थियो । उता एसी मिलानले भने सबै प्रतियोगितामा आफ्ना पछिल्ला ६ खेलमध्ये ५ मा हार बेहोरेको छ । टोली लिगको छैटौँ स्थानमा खस्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण