केनको कीर्तिमानमा सिटीलाई स्पर्सको झट्का
सोमबार, २३ माघ २०७९, ०७ : १६

लण्डन । ह्यारी केनको कीर्तिमानी गोलमा टोटनहम हटस्पर्सले प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । केनले जिमी ग्रिभेसको कीर्तिमान भंग गर्दै क्लबका लागि आफ्नो व्यक्तिगत गोल सङ्ख्या २६७ पुर्याएका हुन् ।
इंग्ल्याण्डका कप्तानले खेलको १५ औँ मिनेटमा गोल नै खेलमा निर्णायक बनेको थियो । यो गोल लिगमा उनको २ सयौँ गोल थियो । उनीभन्दा अघि एलन सिएरर (२६० गोल) र वेयन रुनी (२०८ं) गोल मात्र रहेका छन् ।
खेलको अन्त्यतिर क्रिस्टियन रोमेरोले रातो कार्ड पाउँदै मैदान छाड्न परेपछि स्पर्स १० खेलाडीमा सीमित भएको थियो । स्पर्ससँग पराजित भएपछि सिटीको लिग उपाधि जित्ने होडमा ठुलो धक्का लागेको छ । २१ खेलबाट ४५ अङ्क बटुल्दै सिटी लिगको दोस्रो स्थानमा छ भने २२ खेलबाट ३९ अङ्क बटुल्दै स्पर्स पाँचौँ स्थानमा कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने