शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

सोमबार, २३ माघ २०७९, ०६ : ४२
सोमबार, २३ माघ २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै । खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ । “घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ”,उनले भने, “धुलोले नानी वावुहरुका आँखा रसाउछनु, छाति दुख्ने समस्या हुन्छ ।”

घोराही–तुलसीपुर चारलेन निर्माण जारी रहँदा सो क्षेत्रमा धुलोले समस्या बनाएको छ । सोही ठाउँकै मुना पोख्रेललाई पनि त्यस्तै समस्याले सताउने गरेको छ । काम गर्ने क्रममा नाक मुखमा धुलो पस्ने, घर वरिपरि धुलै धुलो हुने, विहान सफा गरेको छत साँझमा धुलै धुलोले भरिने समस्या छ ।

शरिरमा धुलौधुलो, मुखमा हातले छुदा माटोनै निस्किने, माझेर राखेको भाडामा पनि माटै माटो हुने गरेको उहाँको दुखेसो छ  ।“विहान बढा¥यो साँझ धुलो, मुखमा हातले छोयो माटो नै निस्किन्छ”,उनले भने “पाँच बर्ष भयो, यसरी सास्ती खेप्न थालेको ।” 

सडकमा आवतजावत गर्दा यात्रुहरुलाई पनि त्यतिकै समस्या हुने गर्छ । पैदल यात्रु होस् वा सवारीमा यात्रु गर्दा पनि निकै सास्ती खेप्नु परेको छ । “धुलै धुलो हुँदा  अगाडीको गाडी पनि देखिदैन । श्वासप्रश्वासको समस्या हुन्छ, नै अगाडीको गाडी नदेखिदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ”चालक ध्रुब रावतले भने, “सवारी चलाउन पनि समस्या हुन्छ ।” 

यसरी धुलोले स्वास्थ्यमा निकै असर गर्ने चिकित्सकहरुले बताउने गर्छन् । धुलोले गर्दा घाँटी, फोक्सोमा समस्या निम्त्याउने, नियमित खोकी लाग्ने, औषधी खाँदा पनि सञ्चो  नहुँने अबस्था आउने डा अशोक कुमार पण्डितले बताए । 

लामो समयदेखि अलपत्र चार लेन

घोराही–तुलसीपुर चारलेनको काम विसं २०७५ माघदेखि सुरु भएको हो । ३० महिनामा काम सक्ने गरि सम्झौता भयो । तर, अहिलेसम्म पनि त्यो काम  पूरा नहुँदा यात्रुहरुलाई मात्रै नभई वरपरका बासिन्दाहरुलाई पनि समस्या हुने गरेको छ ।  उक्त सडकमा अहिलेसम्म ७  पेटी ठेकेदार फरिएका छन् ।  चौथो पटक म्याद थप भइरहसकेको छ । 

विसं २०७८ जेठ ६ गते भित्र काम सक्नु पर्ने भएपनि त्यसो हुन सकेन् । काम सक्ने त टाढाको कुरा ६ प्रतिशत भन्दा बढि प्रगति हुन सकेन ।  त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरि पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरि दोस्रो पटक म्याद थप भयो । तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ बैशाख २९ गते सक्ने गरि म्याद थप भएको थियो । 

त्यो समयमा पनि १० प्रतिशत भन्दा बढि काम हुन सकेन् । अहिल खरिद ऐनको १२ औं संशोधनले  चौथो पटककालागि विसं २०८० असारसम्म स्वतः म्याद थप गरेको छ । सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाए ।

त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का,विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए । उनीहरुबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजंग रायमाझी आएका हुन् ।  पटक पटक म्याद थप हुने तर, काम नसिकदा नागरिक  स्तरबाट पनि विरोध हुने गरेको छ । केही दिन अघि मात्रै सामाजिक अभियन्ताहरुको पहलमा चारलेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो । 

चारलेन सडक भ्याट सहित १ करोड २१ लाख ८२ हजार तीन सय १ रुपैँया अमेरिकी डलर ९ नेपालीमा १ अर्ब २३ करोड ० मा निर्माण हुन लागेको हो । भारतीय तथ्य इन्जिनियरिङले ठेक्का लिएको हो । तर, उसले बिभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने तर, समयमा काम नगर्ने अबस्था हुँदा नागरिकले निकै सास्ती खेप्नु परेको छ ।

पछिल्लो समय पुस १८ देखि बुटवलका सुनलिजंग राइमाझीले पेटी ठेक्का पाएका छन् । तर, उनले पनि काम अगाडी बढाउन सकेका छैनन् । तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब ३ लाख २१ हजार ९ सय  रुपँैया जरिवाना गर्ने गरेको छ । कूल रकमको १० प्रतिशतसम्म जरिवाना हुने व्यबस्था अनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो । यसको मुख्य ठेकेदार भारतीय तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप