चीनमा ५ वटा सवारी साधन ठोक्किँदा १६ जनाको मृत्यु
आइतबार, २२ माघ २०७९, २१ : ४५

बेइजिङ । मध्यचीनको हुनान प्रान्तमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । सो ठक्करबाट सडकमा हुँइकिएका अन्य ४९ वटा सवारीसाधन क्षतिग्रस्त भएका हुनान प्रान्तको हाईवे ट्राफिक प्रहरी विभागले जनाएको छ ।
उक्त दुर्घटनामा ६६ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । उद्धार एवम् समन्वयका लागि आपत्कालीन व्यवस्थापन मन्त्रालयले दुर्घटनास्थलमा कार्यदल परिचालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठुलो रकम खर्च गरेर आफ्नै पूर्वखेलाडीलाई भित्राउने तयारी गर्दै स्पेनिस ‘पावर हाउस’ बार्सिलोना
-
झापामा १५ तोला सुन चोरी
-
पोखरीमा डुबेर दुई जनाको मृत्यु
-
भक्तपुरमा जुवातास खेलिरहेका १४ जना पक्राउ
-
सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
-
बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ