सडक दुर्घटनामा केन्यामा १४ जनाको मृत्यु
आइतबार, २२ माघ २०७९, २१ : २५

केन्या । उत्तरपश्चिम केन्याको तुर्काना काउन्टीमा शनिबार राति व्यस्त सडकमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएको प्रहरीले आइतबार बताएको छ ।
तुर्काना सेन्ट्रल सबकाउन्टीका प्रहरी कमाण्डर लेम्मी न्जिरुले राति करिब १० बजे दुर्घटना भएको जानकारी दिएका छन् । लोद्वार–काकुमा सडकमा ऊँटलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । केन्याका सडक सुरक्षा प्रवर्द्धकहरूले तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सडक दुर्घटना बढेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई अर्बको सिमेन्ट भारत निर्यात
-
इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?
-
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान