शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मधेश बन्दको पूर्वसन्ध्या विभिन्न जिल्लामा राजपाको मशाल जुलुस

सोमबार, २९ जेठ २०७४, १९ : १२
सोमबार, २९ जेठ २०७४

वीरगंज – स्थानिय निकायको दोश्रो चरणको निर्वाचनको विरोधमा राष्ट्रिय जनता पार्टी पर्साले आज वीरगञ्जमा मशाल जुलुस प्रदर्शन गरेको छ । 

राजपाको केन्द्रिय कार्यक्रमअनुसार चार दिनको मधेश बन्दको पूर्व सन्ध्यामा वीरगंजमा मशाल जुलुस प्रदर्शन गरीएको हो । वीरगंजको घण्टाघरबाट शुरु भएको मशाल जुलुस माईस्थान, आदर्शनगर हुँदै अलखिया चोक पुगेर पुन घण्टाघरमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले संविधान संशोधन नभएसम्म मधेशमा निर्वाचन गर्न नदिने चेतावनी दिएका छन् । सरकारले जबर्जस्ती निर्वाचन गराउन लागेकोले विरोधमा उत्रिनुपरेको सिंहले बताए । 

जनसंख्याको आधारमा समानुपातीक समावेशी प्रतिनिधित्व र जनसंख्याकै आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने विगतमा सरकारसँग सहमति गरिएको भएपनि त्यसो नगरी सरकारले निर्वाचनको मिति तोकेकोले चरणबद्ध आन्दोलनको कार्यक्रम शुरु गरिएको सिंहको भनाई छ ।

अहिलेको आन्दोलन निर्णायक आन्दोलन भएकोले सम्पूर्ण मधेशी जनतालाई यसमा सहभागि हुन नेताहरुले आह्वान गरेका थिए । यसअघि पनि राजपाले निर्वाचनको विरोधमा लाठी मशाल जुलुस, लाठी जुलुस, निर्वाचन कार्यालय घेराउ र निर्वाचन विरुद्ध अन्तक्र्रिया कार्यक्रम गरेको थियो । 

जेठ १८ र १९ गते मधेश बन्द गर्ने निर्णय गरेकोमा सरकारसँग तीन बुँदे सहमति गर्दै तत्कालका लागि बन्द फिर्ता लिएको थियो ।

यता, 

 राजविराजमा विशाल मशाल जुलुस आयोजना गरिएको छ ।

राजविराज स्थित हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणबाट निकालिएको मशाल जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको हो । 

राजपाका कार्यकर्ताहरुको जुलुस नगर परिक्रमा पश्चात शहिद दशन चौकमा पुगेर सभामा परिणत भएको थियो ।

उक्त सभामा बोल्दै राजपाका नेताहरुले संविधान संशोधन गरी मधेशको माग सम्बोधन नगरिए कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिएका छन् ।

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक आयोजित सभालाई पार्टीका नेताहरु दिपेन्द्र कुमार चौधरी, नेत्र विक्रम साह, रामनारायण यादव, गुजाई दास, नरेन्द्र यादवलगायतले सम्वोधन गरेका थिए ।

संघीय गठवन्धनसहित राजपाले संयुक्त रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 

आफुहरुको माग सम्वोधन नभएकोमा असन्तुष्टि जनाउँदै राजपासहितको गठबन्धनले चुनाव लक्षित आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

गठबन्धनले जेठ ३० र ३१ गते  तथा मंसिर १ र २ मधेस, थरुहट र लिम्बुवान बन्द आहृवान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप