मधेसका जनता अन्यायमा परेका छन्, नागरिकता विधेयक छिटो ल्याइयोस्: सांसद महतो
काठमाडौँ। मधेसका जनता अन्यायमा परेको प्रतिनिधि सभा सदस्य डा. वीरेन्द्र महतोले बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा पहिलोपटक बोल्दै उनले नेपालभित्रैका नागरिकलाई मान्छे हेरेर कानूनको व्याख्या हुने गरेको बताए । मधेसमा लाखौं युवाहरू नागरिकताबाट बञ्चित रहेको भन्दै उनले नागरिकताको समस्या छिट्टै समाधान गर्न आग्रह गरे ।
’मधेसका लाखौं युवाहरू नागरिकताविहीन छन् । आफ्नै देशमा अनागरिक भएर बस्न बाध्य छन् । बैङ्कमा खाता खोल्न पाएका छैनन्', उनले भने, ’यही सम्माननीय सदनबाट पटक पटक पारित गरेर नागरिकता विधेयक सम्माननीय राष्ट्रपति कहाँ पठाइएको थियो । फेरी राष्ट्रपतिले सदनमै फिर्ता गर्नुभयो । त्यो विधेयक अहिलेसम्म प्रमाणित हुन सकेको छैन । जुन दुखद विषय हो ।’
सांसद महतोले आज हामी जुन नागरिकलाई एउटा नागरिकता दिन सकिरहेका छैनौँ अनि ठुलठुला कुरा गरेर हुन्छ ? भनेर सदनमा प्रश्न गरेका थिए । ’मधेसका जनता अन्यायमा परेका छन् । त्यहाँ लाखौं युवाहरू न पढ्न पाएका छन् । न रोजगारी पाएका छन् न त विदेश जान पाएका छन्’, उनले भने, ’सबैभन्दा पहिले त्यो विधेयकलाई पारित गराउन तर्फ पहल गरियोस् ।’
सिराहा ४ बाट निर्वाचित उनले छ मिनेटको समयावधिमा बोल्दै हामी विभेदकारी नीतिमा रहेको बताएका थिए । उनले विभिन्न निकायको नश्लीय चिन्तन र एकात्मक सोचले नागरिकताको विषयलाई राष्ट्रियताको विषय बनाएका बताए ।
उनले हामी नेपाली पूर्वतिर फर्कियौँ भने पूर्वतिरको राष्ट्रियता र पश्चिमतिर फर्कियौँ भने पश्चिमतिरको राष्ट्रियता यही सदनमा बहस गर्ने गरेको बताए । ’नागरिकलाई राष्ट्रियतासँग नजोडौँ । यो नागरिकको आवश्यकता हो । नागरिकको हक हो । नागरिकको अधिकार हो । त्यो अधिकारलाई कुण्ठित गर्ने प्रयास हामी नगरौँ ।’ उनले भने ।
सांसद महतोले हजारौँ नेपालीहरूको रगतबाट ल्याएको गणतन्त्र र सङ्घीयताबारे धेरै टिकाटिप्पणी र संविधान विषयमा विपरीत नबोल्न आग्रह गरेका थिए । उनले खासगरी सरकारमा सहभागी हुने दल र मन्त्रीहरूलाई त्यस्तो अभिव्यक्तिहरू नदिन आग्रह गरेका थिए ।
उनले जनता निराश भएको बताउँदै व्यवस्था बदलियो तर अवस्था र प्रवृत्ति बदलेन भन्दै टिप्पणी गरेका थिए । ’यो सदनमा निर्वाचित भएर आइसकेपछि धेरै गुलिया र रसिला प्रतिबद्धताहरू सुन्न गरेका छौँ । मैले यो गरे र मैले यो गर्नेछु । तर, जनता यो हाम्रो यो प्रतिबद्धताहरू सुन्दा सुन्दै बाजिब भइसकेको छ, उनले भने, ’ जनताले हामीलाई निर्वाचित गरेर यस्तो खोक्रो प्रतिबद्धता । जुन प्रतिबद्धता कागजमा मात्रै हुन्छ कार्यान्वयन हुँदैन । त्यस्ता प्रतिबद्धता सुन्न हामीलाई सदनमा पठाएको होइन ।’
उनले एउटा सरकारले वर्तमान सरकारले निवर्तमान सरकारले त्यसभन्दा पनि निवर्तमान सरकारको प्रतिबद्धता यही रोष्टमबाट हामीले सुन्न पायौँ भन्दै जुन प्रधानमन्त्रीले जुन कृषि मन्त्रीले एउटा किसानको लागि मल दिन सक्दैन किसानले आफ्नो पैसा तिरेर मल किन्न सक्दैन । अनि त्यो मन्त्री र प्रधानमन्त्रीले ठुलो भाषण गर्ने ठुलो प्रतिबद्धता देखाउने भन्दै कटाक्ष गरेका थिए ।
’देशलाई अहिले जुन किसिमको कुराहरु आएको छ । मैले यो गरे त्यो गरे जनताले प्रक्रिया हेर्दैन । जनता रिजल्ट हेर्ने हो’, उनले भने, ’कागजमा हामीले धेरै कुरा बनाउन सक्छौ । बनाइरहेका छौँ । तर व्यवहारमा उर्तान सकेका छैनौँ ।’ सांसद महतोले मल नपाउँदा किसानहरू छटपटाइरहेको बेला किसानले उब्जाएको तरकारी सडकमा फाल्नुपर्ने बाध्यता भएको दुखेसो सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’