४ महिनामा ७६ कम्पनी राजश्व अनुसन्धानको कारबाहीमा, ६५ करोड सजाय मागदाबी

काठमाडौँ । राजश्व अनुसन्धान विभागले ४ महिनाको अवधिमा १४ जनालाई कारबाही गरेको छ । विभागको महानिर्देशककारुपमा आएपछि मदन दाहालको नेतृत्वमा राजश्व छल्न खोज्ने र विदेशी विनिमयको अपचलन गर्न खोज्ने उक्त संख्याका फर्म र व्यक्तीहरुलाई कारबाही गरेको हो ।
विभागले कात्तिक १६ गतेदेखि हालसम्म राजश्व चुहावटतर्फ ८ जनालाई र विदेशी विनिमयतर्फ ६ जनालाई कारबाही गरेको जानकारी दिएको छ । राजश्व चुहावटतर्फ ६ जनालाई कारबाही गर्दै ६४ करोड ३१ लाख रुपैयाँ सजाय माग दाबी गरिएको छ । यस्तै, विदेशी विनिमयतर्फ ६ जनालाई कारबाही गर्दै ५२ लाख ३३ हजार रुपैयाँ जरिवाना माग दाबी गरिएको छ ।
यस्तै, विभागले यस अवधिमा अन्य निकायमा लेखी पठाएको संख्या ७६ छ । अर्थात ७६ वटा फर्म तथा व्यवसायीहरुले राजश्व छली गरेको पाइएपछि अन्य निकायमा लेखी पठाइएको हो । उनीहरुबाट ६ करोड ९२ लाख ६७ हजार रुपैयाँ माग दाबीको सिफारिस गरिएको छ ।
यसका साथै, हालसम्म भेहिकल ट्र्याकिङ प्रणाली (भीसीटीएस)मा आबद्ध सवारीहरुको संख्या १ लाख ९० हजार १४२ पुुगेको छ । यस्तै, यस अवधिमा ७६ वटा फर्म तथा व्यवसायको अनुुगमन गरिएको छ भने उनीहरुबाट ५८ लाख १८ हजार रुपैयाँ अशूल भएको दाहालले जानकारी दिएका छन् ।
हाल उनी विभागबाट सरुवा भइसकेका छन् । सोहीकारण, प्रेस विज्ञप्तीमार्फत दाहालले आफ्नो कार्यअवधिमा भए÷गरेका कामको जानकारी दिएका हुन् । हालसम्म विभागमा आउने महानिर्देशकको टुंगो नलागिसकेको सूचना अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु