सिके राउतको प्रश्न : संसदमा बोलेको कतै सुनिन्छ कि हामीले भित्ता र कुर्सीलाई मात्र सुनाउने हो ?

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदमा बोलेको कुरा कतै सुनिँदैन भने संसदमा बोल्नुको के अर्थ भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राउतले सांसदले कुरामात्र उठाउने अरु तर सुनुवाई नहुने हो भने किन बोल्ने भन्दै प्रश्न गरे ।
संसद बैठकमा उनले भने– ‘आजसम्म ७ पटक प्रतिनिधिसभाको बैठक बस्यो तर यहाँ उठेको कुरा सुनुवाई भएको छैन । यो संसदबाट म के कुरामा आश्वस्त रुपमा हुन चाहन्छु भने यहाँ बोलेको कुरा कहिँ सुनुवाई हुन्छ कि हुँदैन ? हामीले यहाँको भित्ता र कुर्सीलाई मात्र सुनाएको हो ? यो सरकार संसदप्रति उत्तरदायी छ कि छैन भन्ने कुरामा म आश्वस्त हुन चाहन्छु । अन्यथा त काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेको जस्तो भयो ।’
उनले सांसदहरुले किसानले मल नपाएको कुरा उठाइरहेको तर अहिलेसम्म सरकारको तर्फबाट कसैले जवाफ नदिएको बताए । संसद भाषण गर्ने थलोमात्र बन्ने हो कि भन्ने चिन्ता लागेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?