वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कडा कारबाही गर्ने श्रम मन्त्रालयको चेतावनी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका हुने गरेको ठगीमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय ठगीका उजुरी बढ्दो क्रममा रहेको भन्दै त्यस्तोमा मन्त्रालय कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका सिलसिलामा नेपालीले नेपालीलाई र रोजगारदाताले नेपाली श्रमिकलाई ठगी गर्ने क्रम बढेको जनाएका छन् । ठगी गर्ने गरेको उजुरी, गुनासा तथा समाचार बढेको भन्दै त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारको नीतिगत, कानुनी र प्रक्रियागत व्यवस्थाको विरुद्धमा कसैको गलत गरेको खण्डमा कठोरतापूर्वक कानुनी कारबाही गरिने चेतावनी दिएको हो ।
संस्थागत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान चाहनेले आफूले आफूले जान खोजेको मुलुक, कामको प्रकृति, आफूसँग भएको सीप, रोजगारदाताले उपलब्ध गराउने सेवाशर्त तथा सुविधा एवम् वैदेशिक रोजगारीमा जानका लागि लाग्ने शुल्क र वैदेशिक रोजगारीमा पठाउने इजाजत प्राप्त व्यवसायी कम्पनी जस्ता आधारभूत तर, महत्त्वपूर्ण विषयमा पूर्ण रुपमा जानकारी लिएर मात्र प्रक्रिया थालनी गर्न मन्त्रालयले आग्रह गरेको छ ।
शुल्क बुझाउँदा व्यक्तिलाई नभई संस्थालाई मात्र बुझाउन र त्यसरी रकम बुझाएको प्रमाण अनिवार्य रूपमा लिन सबैमा अनुरोध गरेको छ । म्यानपावर व्यवसायीहरूलाई समेत कानुनी एवम् नीतिगत व्यवस्थाको पालना गरी पेसाप्रति इमानदार हुन मन्त्रालयले आग्रह गरेको छ ।
व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जानेले सरकारी राजस्व बाहेक कुनै पनि व्यक्ति वा संस्थालाई कुनै पनि प्रकारको शुल्क बुझाउनु नपर्ने मन्त्रालयले प्रस्ट पारेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा जान चाहने व्यक्तिहरूलाई कोही कसैले भ्रम र दबाबमा पारी गैर कानुनी रकम माग गरेको उजुरी गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रघुजी पन्त शिक्षामन्त्री नियुक्त
-
प्रधानमन्त्री रिसाएपछि ऊर्जा राज्यमन्त्रीको पद चट
-
तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ
-
भक्तपुरमा बसको ठक्करबाट पार्किङमा राखिएका १० वटा दुईपांग्रे सवारीमा क्षति
-
गृहमन्त्रीले गराए कान्छारामलाई बर्खास्तीको जानकारी
-
उपप्रधानमन्त्री सिंह र भारतीय सहरी मामिला मन्त्रीबिच भेटवार्ता