दक्षिण कोरिया : डुङ्गा पल्टिँदा ९ जना माझी बेपत्ता, खोजी जारी
आइतबार, २२ माघ २०७९, ०९ : ४६

दक्षिण कोरियाको दक्षिणपश्चिमी तटमा एउटा डुङ्गा पल्टिँदा ९ जना माझी बेपत्ता भएका छन् ।
अहिलेसम्म तीन जनाको उद्धार गरिएको छ । डबेची टापु नजिकै भएको यस दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी भइरहेको कोस्टगार्डले जनाएका छन् ।
कोस्टगार्डले पल्टेको डुङ्गाभित्र मानिसहरु डुबेको छन् कि भनेर आफूलाई आशंका भएको बताएका छ्न । डबेची एउटा सानो निर्जन टापु हो ।
Nine #fishermen missing in #boat capsizing off southwestern coast https://t.co/LXSxdCPJ2S
— The Korea Times (@koreatimescokr) February 5, 2023
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले बेपत्ता व्यक्तिको खोजी कार्यको दायरा फराकिलो बनाइएको बताएका छन् ।
योनहाप समाचार एजेन्सीले अधिकारीहरूलाई उद्धृत गर्दै राती ११ बजेर १९ मिनेटमा २४ टन वजनको डुंगा डाबेची टापुबाट १६.६ किलोमिटर पश्चिममा पल्टिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित