पठान हेर्न बंगलादेशबाट भारत आइपुगे दर्शक

अभिनेता शाहरुख खानको कमव्याक फिल्म ‘पठान’ले बक्सअफिसमा जोडतोडका साथ कमाई गरिरहेको छ । चार वर्षपछि पर्दामा फर्किएका शाहरुखले आफूलाई बलिउडको बादशाहका रुपमा साबित गरिसकेका छन् । यतीमात्र होइन उनले आफ्नो स्टारडम देशदेखि विदेशसम्म जिउँदो रहेको देखाइसकेका छन् ।
शाहरुख र उनको फिल्मप्रति फ्यानको क्रेज कतिसम्म छ भन्ने कुरा थाहा पाउन हालैको एक घटना हेरे पुग्छ । शाहरुखका एक फ्यानले आफ्नो परिवारलाई ‘पठान’ देखाउन बंगलादेशबाट १ सय ३० किलोमिटर यात्रा गर्दै भारत आइपुगेका छन् । ती फ्यान बंगलादेशको ढाकाबाट भारतको त्रिपुरा पुगेका हुन् ।
अगरतलास्थित रुपासी सिनेमाका मालिक सतदीपले ट्वीट गर्दै यो कुरा खुलाएका हुन् । ‘यो निकै रोचक कुरा छ । मानिसहरु बंगलादेशबाट परिवारका साथ पठान हेर्न भारत आइरहेका छन् । म सबैलाई धन्यवाद दिन चाहन्छु, जसका कारण एकपटक पुनः फिल्म हलमा बहार आएको छ’, उनले ट्वीटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
दुवैमा नेपाली सेफको माग छ ?