आज स्वस्थानी व्रत समापन हुँदै
![आज स्वस्थानी व्रत समापन हुँदै](https://npcdn.ratopati.com/media/news/madhav-naryan-meela_p1w1LHWZjJ.jpg)
काठमाडौँ । एक महिनासम्म चल्ने स्वस्थानी व्रत कथा आजबाट समापन हुँदैछ । आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवतरुपमा समापन हुन्छ ।
काठमाडौँमा अवस्थित शाली नदीमा एक महिनाबाट जारी स्वस्थानी मेला पनि आजैबाट समापन हुन्छ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ । स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने गरिन्छ ।
आज मध्याह्न कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्वक समापन हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई निर्देशक नियुक्त
-
बेलबारी प्रमुखको बदमासी ढाकछोप गर्न प्रशासन प्रमुखमाथि कारबाहीको डन्डा
-
राष्ट्रिय कायाक स्लालम प्रतियोगितामा चितवनका प्रितमले जिते स्वर्ण
-
‘भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाऔँ’
-
छोरीलाई शिक्षा दिएर बालविवाह रोकथाम गर्न सकिन्छ : मुख्यमन्त्री सिंह
-
पाइप फुटेपछि जलमग्न बन्यो बबरमहल, तस्बिरहरू