मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

विकासले फेरिएको गदी, अब सबै सुविधा गाउँमै

आइतबार, २२ माघ २०७९, ०८ : १७
आइतबार, २२ माघ २०७९

सुर्खेत । सामान्य उपचारका लागि हजारौँ रकम खर्च गरेर सुर्खेत नेपालगन्ज जाने रुकुम पश्चिमको आठबिसकोट–३ खदी गाउँका बासिन्दा अहिले गाउँको स्वास्थ्य चौकी स्थापनासँगै उपचारमा सहजता भएको छ ।

गाउँमै उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा चढेर काठमाडौँ, दाङ, नेपालगन्ज लगायत सहरमा जानका लागि सडकको पहुँच भएपछि उनका स्थानीयबासीहरु खुसी भएका हुन् ।  स्थानीय सरकार गठन अघि हिँडेर सबै ठाउँमा जानुपर्ने बाध्यता रहेको सुनाउने  खदीगाउँबासीहरु अहिले बस्तीमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुलीको पहुँच विस्तार भएपछि खुसी भएका छन्  । 

गाउँलाई अहिले राप्ति राजमार्ग जोडिएको छ । गाउँबाट पाटागाउँ, रक्दा र दाजे जोड्ने सडक निर्माण  भइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएसंगै खदीका सबै बस्तीहरूमा सडक पुगेको वडाध्यक्ष केशरमान विकले बताए । पाँच वर्षमा खदी आउने मुख्य सडक सहित अन्य चार सडक निर्माण भएको अध्यक्ष विकले जानकारी दिए ।

वडाध्यक्ष विकले भने, ‘पहाड कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौती छ ।’ सडक स्तरोन्नति गर्न सके गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सकिन्छ । त्यस्तै एक घर एक धारा, शौचालय, प्रत्येक टोलमा मोटरे बाटो, बिजुली, ढल निकास र विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा राम्रो विकास भएको उनले बताए । प्रत्येक घरमा खानेपानीको पुर्‍याउने लक्ष्यका साथ वडाले काम गर्दै आएको र  विद्यालयमा पक्की भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेल मैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएको जानकारी दिए ।जनप्रतिनिधि आएपछी खदीको दैनिकी बदलिएको स्थानीय बताउँछन् । 

नुन लिनलाई दुई दिनको बाटो हिँडेर सदरमुकाम जानुपर्थ्यो । बीचबाटोमै बास बस्नुपर्ने बाध्यता थियो । स्थानीय धनिराम बुढाले भने, ‘अहिले नुनदेखि सुनसम्म घरमै आइपुग्छ । पानी पँधेरो जाँदा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ। यो भूगोलमा सुन्तला, स्याउ, आलु, कोदो लगायतका अन्नबालीका लागि उत्तम भएकाले आधुनिक कृषि प्रणालीको अवधारणा अघि सारिएको बताएको छ । टुकी र दियोको भरमा चलेको गाउँमा बिजुली पुगेपछि गाउँ नै झिलिमिली बनेको छ । टुकी र दियोका भरमा जीवन निर्वाह गर्दै आएका खदीमा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । खदीमा केन्द्रीय प्रसारण लाइन पुगेपछि बत्ती बलेको हो ।

विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यस क्षेत्रमा पहिलो वर्ष बत्ती बाल्ने योजना रहे पनि भौगोलिक विकताका कारण ढिलाइ भयो । खदीका सबै घरमा बिजुली विस्तार गरिएको वडा अध्यक्ष  विकले बताए । पाँच सय घरधुरी रहेको सो गाउँ पालिकाकै उत्कृष्ट विद्यालयदेखि व्यवस्थित गाउँभित्र पर्छ ।

पालिकाको केन्द्रदेखि खदीसम्म विस्तारित बिजुलीले गाउँको मुहार फेरिँदै गएको छ । सौर्य ऊर्जा र टुकी, दियोको भरमा जीवन निर्वाह गर्दै आएका स्थानीयलाई बिजुली पुगेपछि राहत महसुस गरेका छन् ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप