चितवन–२ मा छिटो उपनिर्वाचन गर्न रास्वपाको माग
शनिबार, २१ माघ २०७९, २३ : ५२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन–२ मा छिटोभन्दा छिटो उपनिर्वाचन गर्न माग गरेको छ । शनिबार राति बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले उपनिर्वाचन छिटो भन्दा छिटो गर्न माग गरेको हो ।
‘उपनिर्वाचन समयमा हुनुपर्छ भन्ने हाम्रो माग हो’, एक नेताले भने, ‘त्यो चाँडो हुनुपर्ने पार्टीको चाहना छ ।’ उपनिर्वाचनमा पार्टी कसरी सहभागी हुने भन्ने कुरा पनि बैठकमा भएको उनको भनाइ छ ।
सर्वोच्च अदालतले नागरिकता अवैध भएको ठहर गरेसँगै पार्टी सभापति रवि लामिछानेको सांसद पद गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी
-
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद