छोराको यस्तो कर्म : रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर
शुक्रबार, ११ फागुन २०७४, ११ : १३
लहान-छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।
घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए ।
रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी आमा ज्ञानदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय, लक्ष्मीपुर पतारीले जनाएको छ ।
सोही रड प्रहारबाट गम्भीर घाइते भएकी सुनिता दासको विराटनगरस्थित नोबेल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । आमा र बहिनीमाथि रड प्रहार गर्ने राम दासलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज