पेस्तोल र गोलीसहित मिटर ब्याजी पक्राउ
शनिबार, २१ माघ २०७९, २१ : ४०

धनुषा । धनुषाबाट एक जना मिटर ब्याजी हतियार र गोलीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने वर्ष ४१ का दिलीप साह छन् ।
साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरूले उजुरी दिएका थिए । साहलाई प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
साहको घर तथा पसल खान तलासी गर्दा कपाली तमसुक, जग्गा धनी पुर्जा, खाली चेक लगायतका निम्न कागजातहरू तथा कटुवा पेस्तोल १ थान, ३०३ राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान १ बरामद गरेको थियो । साहलाई पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमालाई व्यवस्थित गर्न काम थालिसक्यौँ : मन्त्री पौडेल
-
कोशी प्रदेशसभामा उठ्यो भ्रष्टाचारी ठहरिएका पराजुलीको विषय
-
काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’