आफ्नो लगानीमा भएको निजी स्कुल देखाउन रावललाई मन्त्री खनालको चुनौती

काठमाडौँ । शिक्षामन्त्री शिशिर खनालले पूर्व उपप्रधानमन्त्री भीम रावलले लगाएको आरोप प्रति आपत्ति जनाएका छन् । शनिबार एक कार्यक्रममा एमाले नेता रावलले मन्त्री खनाल एक निजी स्कुलको सञ्चालक भएको आरोप लगाएका थिए ।
शनिबार काठमाडौँमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै रावलले नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल सञ्चालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो वीरंगानाहरुको योगदानको अवमूल्यन गर्ने काम भएको जिकिर गरेका थिए ।
रावलले लगाएको आरोपमा खनालले प्रति प्रश्न गरेका छन्, ‘मेरो लगानी भएको निजी विद्यालय कुन रहेछ, म खोज्दै थिएँ , डा भीम रावललाई थाहा रहेछ। लौ न भनिदिनु पर्यो १ नाम, ठेगाना भए सजिलो हुन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिल शर्मा 'किस किस को प्यार करु' को सिक्वेल लिएर आउँदै
-
युक्रेन कहिल्यै नेटोको सदस्य बन्दैन : डोनाल्ड ट्रम्प
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव, १ बजेसम्म १७४० मत खस्यो
-
चित्रबहादुरले निर्मल निवास भन्नुपर्नेमा शीतल निवास भनेपछि...
-
सांसद राणा पक्राउ परेको सदनमा जानकारी
-
राप्रपा नेताहरूलाई रिहा गर्न माग गर्दै प्रदर्शन, तस्बिरहरू