भेडापालन किसानको आम्दानीको नयाँ स्रोत ‘भोटे कुकुर’का छाउरा

रुकुम । रुकुमपूर्व पथाउत्तरगङ्गा तकसेराका परिलाल बुढा भेडा गोठालो हुन् । उनी जाडो छल्नका लागि भेडा लिएर यतिबेला ठूलीदह पुगेका छन् । बर्खामा रुकुमपूर्वको हिमाली क्षेत्रमा भेडा चराउने बुढा हिमपात र चिसो बढेपछि चिसो छल्न रुकुमपश्चिमको विभिन्न भागमा पुग्छन् ।
भेडाको उनबाट राम्रो आम्दानी गर्दै आएका बुढाको अर्को आम्दानीको स्रोत हो, कुकुरका छाउरा । उनीसँग भोटे कुकुर छन् र भोटे कुकुरको माग निकै छ । बुढाले भेडा रक्षाका लागि भोटे कुकुर पालेका छन् । यही कुकुरमध्ये उनीसँग दुईवटा माउ कुकुर पनि छन् । ती माउ कुकुरले वर्षमा १० वटा छाउरा जन्माउँछन् । कुकुरका छाउरा बेचेर उनले राम्रो आम्दानी गर्छन् । एउटा कुकुरको छाउराको मूल्य रू १० देखि २० हजारसम्म पर्छ ।
“भोटे कुकुरका छाउराको माग निकै छ । काठमाडौँ, पोखरालगायत सहरबाट माग आउँछ, माग पूरा गर्न सकिन्न”, उनले भने, “अहिले माग धान्नै गाह्रो भइसकेको छ ।” उनले सबै कुकुरका छाउरा/छाउरी रू १० हजारमा बिक्री गरेका छन् ।
अर्का भेडा गोठाला अकविर पुनमगरसँग पनि भोटे कुकुरका छाउरा थिए । राम्रोसँग हुर्किएका छाउरा रू २० हजारसम्म बिक्री गरेको उनको भनाइ छ । उनीसँग भएका छ वटा छाउरा रू १० हजारदेखि रू २० हजारसम्म बिक्री गरेको उनले सुनाए ।
“एउटा माउ कुकुरले दुईदेखि पाँचवटासम्म बच्चा जन्माउँछ”, उनले भने, “बिक्रीमा कुनै समस्या छैन, भाउ पनि बर्सेनि बढिरहेको छ, हिमाली भेगका भेडीखर्कहरूमा पशु–चौपाया र घरको रक्षा गर्न कुकुरपालन अनिवार्य जस्तै छ ।”
ठूलो ज्यान गरेको भोटे कुकुरको स्वभाव अन्य कुकुरभन्दा फरक हुन्छ । दिनभर सुत्ने भोटेकुकुर रातभर घरको सुरक्षामा गर्छ । रुकुमपूर्वको माथिल्लो भेगका अधिकांशले पाल्ने भोटे कुकुर पछिल्लो समय सबैतिर पालिन थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक संजालको दुरुपयोग रोक्न पहल भइरहेको छः अध्यक्ष बस्नेत
-
आगलागीबाट तीन घर जल्यो, एक करोड २५ लाख बराबर क्षति
-
१० बजे १० समाचार : २५ करोड बोकेर हिँड्ने ‘फुच्चे’, राजा फर्काउने आन्दोलन दुईतिर
-
सङ्कटालाई हराउँदै आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा
-
विदेश घुमाउने, होटलमा काम लगाइदिने, राम्रो खाना खुवाउने प्रलोभनमा बालयौन दुराचार
-
वैदेशिक रोजगारीको पीडाः ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया