ठूलो सहरमा हराएको म सानो मान्छे
म सानो मान्छे, मेरो ठूलो घर छ,
जब म स्कुलबाट आउछुँ,
मलाई पनि आफ्नै घरमा बस्ने रहर छ,
तर यो भीमकाय गेट म आफैँ खाल्न सक्दिनँ
आफ्नै घरको पेटीमा बसेर पनि म,
ठूलो स्वरले रुन सक्दिनँ,
म भोक लाग्यो भनेर भन्न पनि सक्दिनँ
म पिसाब आयो भनेर भन्न पनि सक्दिनँ,
किनकि
मेरो आमाबाबा अफिस जानु भएको छ,
मेरो स्कुलको फी नाना र मामको जोहो गर्नुछ,
अनि सबै गरेर पनि मेरो ममीलाई
आफ्नो भविष्य रेखा पनि त कोर्नुछ,
त्यसैले म ठूलो स्वरले रुन पनि सक्दिनँ ।
किनकि
म रोएँ भने ममी पनि रुनु हुन्छ,
उहाँले लेखने कपी फेरि आँशुले धुनुहुन्छ,
उहाँले सुत्ने सिरानी फेरि आँशुले भिजाउनु हुन्छ,
उहाँले लगाउने पच्छ्यौरी फेरि आँशुले भिजाउनु हुन्छ,
उहाँले खाने मामभरी फेरि आँसु पोखाउनु हुन्छ !
त्यसैले म ठूलो स्वरले रुन पनि सक्दिनँ ।
म सानो मान्छे, मेरो ठूलो घर छ,
त्यो घरको गेटमा ठूलो ताल्चा छ,
त्यसभित्र फेरि अर्काे गेट छ,
त्यसभित्र फेरि अर्को ताल्चा छ,
त्यसैले म मेरो घरभित्र पस्न सक्दिनँ,
मेरा कोही नभएर होइन, मेरा त सबै छन
तर मन्दिरका देवता जस्ता छन्,
जो म भेटी लिएर भेट्न गए मात्र खुसी हुन्छन्,
म सानो छु मन्दिरमा एक्लै जान सक्दिनँ !
त्यसैले म ठूलो स्वरले रुन पनि सक्दिनँ ।
वरिपरि घर नै घर छन् तर मलाई बोलाउने कोही छैनन्,
वरिपरि पर्खाल छन्, पर्खालभन्दा ठूला गेट छन्,
अनि ती गेटभन्दा ठूला त मान्छेका ठूला मस्तिष्क छन्,
जसभित्र म सानो मान्छे पस्न सक्दिनँ,
किनकि ती मेरा सब थोक हुन तर म उनीहरुको कोही होइन रे !
मलाई माया देखाएर उनीहरुले केही पाउन्नन रे !
भरे राति ममी आएपछि म पेटभरी रुन्छु,
कैले पेट दुख्यो भनेर,
कैले भोक लाग्यो भनेर,
कैले अब अफिस नजानु भनेर,
कैले साथीसँग झगडा भयो भनेर,
तर म कैले भन्दिनँ ममीलाई नपढ भनेर !
किनकि
ममीले सानोमा पाउनु भएको झुपडीभित्रको न्यानो काख यो सहरमा पाइन्न,
हजुरआमाले सुनाउने लोरी मैले सुन्न पाउँदिनँ,
माइली, कान्छी हजुरआमाकामा जाने वल्लो घर पल्लो घर यो सहरमा छैन,
मझेरीमा लाग्ने न्यानो घाम अनि आँगनी मा खेल्ने पाठापाठी यो सहरमा छैन,
त्यसैले म कैले ठूलो स्वरले रुन्न,
किनकि
यो सहर हो,
ठूलो घरभित्र म सानो मान्छे आफैँ पस्न सक्दिनँ ।
–दोलखा
हाल : भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीको शानदार जित
-
च्याम्पियन्स लिग यात्रा बलियो पार्दै मोनाको
-
मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ