राष्ट्रियसभा उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता
शनिबार, २१ माघ २०७९, २१ : ००

काठमाडौँ । आइतबार राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता हुँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए । यसअघि राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष पद खाली रहेको थियो ।
२०७५ साल असार ४ गते राष्ट्रियसभाका सदस्यहरुको कार्यकालका लागि भएको गोलाप्रथामा उपाध्यक्ष दाहाललाई ४ वर्षे कार्यकालको चिठ्ठा परेको थियो । यता राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भने गोलाप्रथा गर्दा ६ वर्षको चिठ्ठा परेका कारण उनको अझै १ वर्ष कार्यकाल बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे