आन्दोलित किसानको पक्षमा उभिए दुई महासंघ

काठमाडौँ । तरकारीको उचित मूल्य नपाएपछि आन्दोलित भएका चितवनका किसानहरुको पक्षमा दुईवटा केन्द्रीय महासंघले ऐक्यवद्धता जनाएका छन् । अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आन्दोलित किसानहरुको पक्षमा उभिने भएका हुन् । शनिबार पत्रकार सम्मेलन गर्दै किसानको पक्षमा उभिने र सम्बन्धित पक्ष अर्थात सरकारको ध्यानाकर्षण गर्ने तयारी रहेको अखिल नेपाल किसान महासंघले जनाएको छ ।
माघ २० गते शुक्रबार चितवनका किसानहरुले आफुले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाएको तर बाहिरबाट आएको तरकारीले बजार पाएको भन्दै विरोध स्वरुप सडकमा तरकारी फालेर आन्दोलन गरेका छन् । उक्त समाचार आएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन् । कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराएका हुन् ।
चितवनमै रहेका मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानहरूसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएकी छन् । कृषिमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारीहरू बोलाएर थप छलफल गर्नेसमेत प्रधानमन्त्रीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालको परराष्ट्र सम्बन्ध : सङ्क्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’
-
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
-
प्रचण्डलाई प्रश्न– नेतृत्व कहिले छोड्नु हुन्छ ?
-
आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन