शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय
जीवन उपयोगी शिक्षा

शिक्षालाई श्रमसँग जोड्ने अभ्यास

शनिबार, २१ माघ २०७९, ०९ : २९
शनिबार, २१ माघ २०७९

शिक्षा भन्नेबित्तिकै ज्ञानको आदान प्रदान भन्ने बुझिन्छ । ज्ञान आफँैमा शक्ति होइन तर प्राप्त ज्ञानको प्रयोग गर्दै प्राप्त हुने सीपले मानिसको जीवन सहज बनाउँछ । हरेक घटना, वस्तु तथा अनुभव भोगाइहरूको विश्लेषण गर्दै के ठीक, के बेठीक छुट्याउन योगदान गर्दछ । 

हामीले प्राप्त गरेको शिक्षाले श्रमको सम्मान गर्न, उत्पादन प्रणालीसँग श्रमलाई जोड्न र काम गर्दै सिक्दै जाने निरन्तरको प्रक्रियालाई सहज बनाउँछ । परस्पर आदरसम्मान, मूल्य मान्यताको परिपालना, अधिकार र कर्तव्यबारेको चेत, राज्यको शासन प्रणाली, राज्यसंयन्त्रहरू, सरकार र नागरिकबीचको सम्बन्धलाई बुझ्दै एउटा असल नागरिक तयार गर्ने वातावरण हाम्रो शिक्षा प्रणालीले स्थापित गर्नुपर्छ । 

हरेक मानिससँग केही न केही ज्ञान, सीप र अनुभव हुन्छ । उनीहरूले आवश्यक वातावरण पाएको खण्डमा केही न केही गर्न सक्छन् भन्ने विश्वास आवश्यक छ । 

शिक्षक जान्ने, विद्यार्थी नजान्ने, शिक्षक वक्ता, विद्यार्थी श्रोताका रूपमा रहकै कारण हामीले हाम्रो शिक्षा प्रणालीलाई ठीक बाटोमा लैजान नसकेका त होइनौँ ? एक पटक सोच्नुपर्ने अवस्था आएको छ । 

बालबालिकाहरूलाई पाठ्यपुस्तक घोकाउने र घोकाएको पाठ्यक्रममा आधारित प्रश्नहरूको उत्तर लेख्न पठाएर गरिने मूल्याङ्कन प्रणालीमा पो कमजोरी छ कि ? प्राप्त गरेको अङ्कका ठाउँमा एबीसीडी ग्रेड प्रणालीमा लैजानु मात्रै हाम्रो मूल्याङ्कन प्रणालीमा ठूलो फेरबदल आएकाले भूल पो गरेका छौँ कि ? यस्ता कैयौँ सवालहरूको विश्लेषण गरी शिक्षा प्रणालीमा परिवर्तन गर्न सकिन्छ कि ? बालबालिकाहरूको रुचिमा आधारित विषयवस्तुमा ध्यान दिनुपर्ने हो कि ? 

पछिल्लो २५ वर्षदेखि गैरसरकारी क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था सहकर्मी समाजले हरेक वर्ष जीवन उपयोगी शिक्षासँग सम्बन्धित तालिम तथा प्रशिक्षण दिँदै आएको छ । मानिसहरूभित्र रहेको निराशाहरूलाई चिर्ने, आशावादी हुने वातावरण निर्माण गर्ने, भाग्यवादमा विश्वास गर्नेहरूलाई कर्मसँग जोड्ने, हामी गर्न सक्छाँै भन्ने अत्मविश्वास सिर्जना गर्ने वातावरण निर्माण गर्ने यसको उद्देश्य छ । 

मौनताको संस्कार तोड्दै प्रश्न गर्ने र जिज्ञासु बनाउने, परनिर्भरताको दृष्टचक्रलाई समाप्त पार्दै अन्तरनिर्भरतापूर्ण बन्नका लागि आवश्यक वातावरण निर्माण गर्ने र समुदायको स्वामित्व विकास गर्न विभिन्न तालिम दिँदै आएको छ । यसले हरेक वर्ष करिब ३० देखि ६० जनालाई सशक्तीकरण र सामाजिक रूपान्तरणका लागि सहजीकरणसम्बन्धी आधारभूत १२ दिने आवाशीय तालिम सञ्चालन गरी सामुदायिक सहजकर्ताहरू निर्माणका लागि काम गर्दै छ ।

यस पटक माघ ६ गतेदेखि १७ गतेसम्म सहकर्मी तालिम तथा अनुसन्धान केन्द्र कोहलपुरमा सशक्तीकरण र सामाजिक रूपान्तरणका लागि सहजीकरण (फेस्ट) आधारभूत तालिम सञ्चालनमा रहेको छ । दुईवटा कक्षामा छुट्टाछुट्टै जिल्लाका सहभागीहरूले छलफल र विश्लेषण गरिरहेका छन् । एउटा कक्षामा टीकापुर नगरपालिका कैलालीका सहभागीहरू छन् भने अर्को कक्षामा बाजुरा जिल्लाका गौमुल गाउँपालिका र बूढीनन्दा नगरपालिका, कञ्चनपुर जिल्लाको बेल्डाडी गाउँपालिका र कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकालगायतका सहभागीले आत्मविश्लेषण, व्यवहार विश्लेषण गर्दै गाउँ तथा नगरपालिकामा भइरहेको विद्यमान विकास प्रक्रियाका विविध पक्षबारे अन्तत्र्रिmया, छलफल र विश्लेषण गरिरहेका छन् । 

उक्त तालिमका सहभागी बिहान ५ देखि राति १० बजेसम्म अत्यन्त व्यस्त दिनचर्याकै अभ्यास गर्छन् । बिहान ५ देखि ६ बजेसम्म योगाभ्यासमा सहभागी हुन्छन् । विभिन्न टोलीमा विभाजित भएर खाना पकाउने टोली, सरसफाई टोली, अभिलेख व्यवस्थापन टोली र करेँसाबारी व्यवस्थापन टोलीमा विभाजित भई आआफ्नो काममा व्यस्त रहन्छन् । यसमा ३५ महिला र १५  पुरुष गरी ५० जनाको सहभागिता छ । 

मनिटर गर्ने, प्रतिवेदन लेखन र मनोरञ्जन टोलीको निर्माण गरी दिनभरीको कामलाई थकाइविहीन बनाउँदै ‘विकास’ नामक साप्ताहिक भित्तेपत्रिका प्रकाशनसम्मका योजना निर्माण गरी कार्यान्वयन गरिरहेका छन् । 

आफ्ना अनुभवको आदानप्रदानबाट सिक्ने, विभिन्न खेल अभ्यासका माध्यमबाट आफ्नो ज्ञान, सीप, धारणामा परिवर्तन ल्याउने र श्रमसँग जोडिने, सिकेका ज्ञान, सीप र अनुभवको विश्लेषणका साथ व्यवहारमा लागू गर्ने थलोका रूपमा विकास गर्ने प्रयास जारी छ ।

प्रश्न गर्ने, विश्लेषण गर्ने, अन्तत्र्रिmया, संवाद र प्रशिक्षणका माध्यमबाट आफ्नो जीवनलाई रूपान्तरण गरी सामूहिक रूपमा शक्ति सिर्जना गर्ने कार्य हुँदैछ । तालिममा सामूहिक जीवनको सुरुवात गर्न, प्रतिस्पर्धा र जितहारको अवस्थामा रूपान्तरण गरी आपसी सहयोग र जित जितको अवस्थामा आफूलाई पुर्याउने काममा व्यवस्थित र अनुशासित रूपमा अघि बढ्ने अभ्यास हुँदैछ । यसमा प्लस टुदेखि स्नातकोत्तर तहसम्मका सबै सहभागीहरूले प्राप्त गरेको शिक्षा जीवनमा उपयोगी भइरहेको छ वा छैन भनेर आत्मविश्लेषण गरिरहेका छन् ।   

Talim  (2)

ठाकुरबाबा नगरपालिका–२, बर्दियाकी सुजाता घर्ती कृषि विज्ञानमा स्तानक गरी वातावरणीय कृषि अधिकृतको रूपमा कार्यरत छिन् । उनका विचारमा शिक्षालाई सीपलाई दैनिक व्यवहारमा प्रयोग गरी जीवन सहज बनाउनका लागि यो तालिम प्रभावकारी र उपलब्धिमूलक छ ।

गौरीगङ्गा नगरपालिका–७, कैलालीकी ज्ञानुकुमारी चौधरी प्लस टु उत्तीर्ण भई काम खोज्न थालेका अढाई वर्ष भयो तर अझै पाउन सकेका छैनन् । तालिम हुने जानकारी पाएपछि उनी स्थानीय संस्थामार्पmत यो तालिममा सहभागी भएकी छन् । तालिमले शिक्षालाई श्रमसँग जोड्ने र आफूले प्राप्त गरेको ज्ञान, सीपलाई प्रयोग गर्ने अभ्यासमार्पmत आफूमा आत्मबल बढेको र आफू केही गर्न सक्छु भन्ने विश्वास पलाएको बताउँछिन् उनी । 

गौमुल गाउँपालिका बाजुराका प्रदीप सार्कीले प्लस टु उत्तीर्ण गरी सात पटक नेपाल प्रहरीमा भर्नाका लागि आवेदन गरे । शारीरिक परीक्षणहरूमा धेरै पटक उत्तीर्ण भए तर आफ्नो मान्छे नभएका कारण प्रहरीमा जान नपाएको बताउँछन् । उनी यो तालिममा सहभागी भएपछि अब काम खोज्ने होइन, आफ्नै समुदायका मानिसहरूसँग सिक्ने र त्यहीँ रहेर काम गर्ने जाँगर पलाएको बताउँछन् । 

आफू सामाजिक विकास शाखा दार्चुलामा विगत डेढ वर्षदेखि कार्यरत रहेको उनी बताउँछन् । उनले धेरै पटक लोक सेवाको तयारी गर्दै परीक्षा दिए तर उत्तीर्ण हुन नसकेको बताउँछन् । अहिले बाह्र दिनसम्म गरिएको यो तालिमले आत्मविश्लेषण, व्यवहार विश्लेषण, आफूले प्राप्त गरेको ज्ञान, सीपको विश्लेषणमार्पmत आत्मविश्वासमा वृद्धि भएको बताउँछन् । गरेर सिक्दै जाने प्रक्रियामा निरन्तर सहभागी भई अब केही गर्न सकिन्छ भन्ने दृढ विश्वास पलाएको बेल्डाडी गाउँपालिका–२, कञ्चनपुरका टेकबहादुर सुनार बताउँछन् ।

बुढीनन्दा नगरपालिका–१० का लोकेन्द्रबहादुर सिंह भन्छन्, ‘यो तालिम जीवन उपयोगी सीप र शिक्षामूलक छ । आफ्नो बारेमा विश्लेषण गर्ने, आफ्ना सबल र कमजोर पक्ष केलाउने, आफ्ना व्यवहारहरूलाई रूपान्तरण गरी असल मानिस बन्नका लागि उत्प्रेरणा प्रदान गर्न तालिम उपयोगी हुने बताउँछन् उनी । आफूमा रहेको ज्ञानसीपलाई व्यवहारमा लागू गरी आदरसम्मानपूर्ण व्यवहार बनाउने र स्थानीय ज्ञान, सीप, अनुभवहरूलाई आदर गर्दै स्थानीय श्रोतसाधनको पहिचान, परिचालन र संरक्षणका माध्यमबाट आफ्नो समुदायको विकासमा आफैँ संलग्न हुने वातावरण पाएको छु भन्छन् उनी । 

टीकापुर नगरपालिका–५ का अनुप चौधरी निजी विद्यालयका शिक्षक हुन् । शिक्षण अभ्यासमा उनको लामो अनुभव छ । अनुपका अनुसार यो तालिममा आएपछि व्यवहार र धारणा परिवर्तन गर्न धेरै योगदान गरेको छ । आफ्ना विविध पक्षको विश्लेषण गर्दै शिक्षालाई श्रमसँग जोड्न सक्ने हो भने नेपालमा शैक्षिक बेरोजगारी रहँदैनन् । पढेका मानिसहरूले श्रमप्रतिको सम्मान गर्ने वातावरण विद्यालय र क्याम्पसमा अध्ययन गर्दा पाइरहेका छैनन् । पढेलेखेका मानिसहरू पनि सानो काम गर्ने हो र ? भन्दै कामलाई लाजको विषय बनाउँदै आएका छन् । काम सानो हुँदैन । श्रम गर्ने मानिस अपमानित हँुदै आएको नेपालमा आफ्नो काम गरेर सहज रूपमा जीवनयापन गर्न सकिन्छ भन्ने आत्मविश्वास यो तालिमले दिएको अनुप बताउँछन् ।

सहभागी यी विश्लेषण हेर्दा सशक्तीकरण र सामाजिक रूपान्तरणका लागि सहजीकरण (फेस्ट) आधारभूत तालिमले मानिसलाई आलोचनात्मक चेतना निर्माण गरी के ठीक ? के बेठीक छुट्याउनका लागि योगदान गर्दै श्रमप्रतिको सम्मान बढाउने र काम गरी खाने वर्गप्रतिको धारणामा परिवर्तन ल्याई शिक्षालाई श्रमसँग जोड्न सफल रहेको भन्न सकिन्छ । 

हाम्रा शैक्षिक संस्थाबाट बर्सेनि प्राप्त गर्ने उपाधिहरूको व्यावहारिक प्रयोग हाम्रो जीवनमा कहाँनेर भइरहेको छ भन्ने विश्लेषण गर्ने, प्राप्त ज्ञान, सीपलाई श्रमसँग जोड्ने र त्यसबाट थप सिकाइ प्राप्त गर्दै जीवनप्रक्रिया सहज बनाउन योगदान गरिरहनु पर्दछ । हाम्रो शिक्षा प्रणालीले श्रमको सम्मान गर्ने, काम गरी खाने र मेहनत एवं श्रमबाट अरूलाई रोजगार सिर्जना गर्ने वातावरण निर्माणमा नियमित रूपमा लागिरहनु शिक्षाको मूल उद्देश्य रहनुपर्दछ भन्ने मान्यताको विकास अहिलेको आवश्यकता हो । यो आवश्यकतामा गैरसरकारी क्षेत्रबाट सहकर्मी तालिम तथा अनुसन्धान केन्द्र कोहलपुरले आफ्नो प्रयास निरन्तर गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चम्फासिंह भण्डारी
चम्फासिंह भण्डारी
लेखकबाट थप