फुटबलको केक काटेर मनाए प्रधानमन्त्री ओलीले जन्मदिन
शुक्रबार, ११ फागुन २०७४, १० : १६

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आफ्नो ६६ औ जन्मदिन मनाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले दुईवटा केक काटेर मनाएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यलगायत एमाले नेताहरु सहभागि भएका थिए ।
वि.सं. २००८ फागुन ११ शनिबार तेह्रथुम जिल्लामा जन्मेका हुन्, ओली ।
सामान्य पारिवारिक अवस्थामा जन्मेका उनका बाबु मोहनप्रसाद ओली ज्योतिषि हुन् । हजुरबा स्व.मनरथ ओली र हजुरआमा स्व. राममाया ओलीका माता मधु ओलीको निधन भैसकेको छ । श्रीमती राधिका शाक्यसाथ बालकोटमा बस्दै आएका ओली भाइ तथा बुहारी जयप्रसाद ओली र इन्दिरा ओली छन् ।
त्यस्तै दिदी र बहिनी विष्णुमाया, कौशिला र राजु रहेका छन् ।
स्थायी निवास अनन्तलिङ्गेश्वर– २, बालकोट भक्तपुर भएका ओलीको अस्थायी बसोबास भने शरणामती– ६, झापा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’