प्रदेशसभा बैठकमा सांसदको गुनासो : बाँदरले गरायो जनताको उठिबास

पोखरा । ‘घर छ, सेवा सुविधा पनि अत्यन्तै राम्रो छ । घर अगाडि बाटो पुर्याएका छौं । तर, त्यो घरमा बस्ने भान्से छैन,’ उनले भने । त्यसो हुनुको कारण पनि उनले खुलाए— बाँदर । ‘जसको स्याङ्जामा ४०/५० रोपनी जमिन पनि छ । तर, बाँदरको कारण बस्न नसकेर १/२ कठ्ठा जमिन किनेर तराईमा बसाईंसाइ गर्नुपर्ने अवस्था आएको छ । यसरी बाँदर आतंक हुँदा गाउँ नै खाली हुने भो ।’
गण्डकी प्रदेशसभा स्याङ्जा २ (२) बाट निर्वाचित सांसद महेश भट्टराईले शुक्रबार प्रदेश सभाको शून्य समयम बोल्दै बादर आतंकको बारेमा बाले । उनले भने, ‘मेरो निर्वाचत क्षेत्रमा २ वटा नगरपालिका र १ वटा गाउँपालिका पर्छ । त्यहाँ भएका किसानरुलाई समस्या आइपरेको छ । बादरले बाली नष्ट गरेकाले त्यहाँका जनता बसाइसराईं गर्नुपर्ने अवस्था छ । किसानले बादरबाट बाली बचाउन नसकेपछि बसाईंसराइ गरेका छन् ।’
गण्डकी प्रदेशसभातर्फ स्याङ्जा २(२) मा कालीगण्डकी गाउँपालिका, गल्याङ र चापकोट नगरपालिका पर्छन् । त्यहाँका जनताले बादरले बाली नष्ट गरेपछि बसाईं गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । बाँदरबाट जुन बाली लगाए पनि बचाउन नसकेको उनले बताए । ‘मकै लगाइन्थ्यो । बाँदरले खान थालेपछि लगाउनै छाडियो । यसको विकल्पमा आलुखेती गर्दा समेत बचाउन मुस्किल परेको छ । बाँदरले माटो खोस्रिएर आलु समेत छाडेन ।’
बाँदरबाट अन्न बाली जोगाउन मुस्किल भएपछि त्यहाँका बासिन्दा बसाइसराईं थालेको र गाउँनै खाली हुने अवस्थामा पुगेको भट्टराई बताउँछन् । ‘गत वर्षको कुरा हो । बाँदरले बाली नष्ट गरेपछि हेरालो राखिएको थियो । त्यो बेला बारीमा मकै थियो । ती ५/६ जना हेरालालाई बाँदरले आक्रमण गरेर खेतबारीमा भएको सबै अन्न सखाप बनाएको उदाहरण सेलाएकै छैन,’ सांसद भट्टराईले भने ।
गल्याङ नगरपालिका वडा नम्बर १० सिमलचौरका अध्यक्ष मुक्तप्रसाद खनालले बादर आतंककै कारण गाउँको बसाईंसराई रोक्न नसकिएको बताए । ‘गाउँमा खेती गर्न छाडिसके । ३ सय ८९ घरदुरीका कुल १७ सय ८५ जनसंख्या छ । यो संख्यालाई गाउँमा बसाइसराईंबाट रोक्न मुस्किल परेको छ,’ वडाध्यक्ष खनालले भने ।
गतवर्ष बाँदरकै कारण गाउँबाट ९ घरले बसाइसराईं गरेको खनाल बताउँछन् । ‘रोजगारी गरेर खान सक्ने गाउँमा कुनै कलकारखाना छैनन । खेतीबाली गरेर निर्वाह गर्न बाँदर आतंक छ,’ उनले भने, ‘हेरालो राख्दा पनि २९ दिन जोगायो ३० दिनमा बाली जोगाउन मुस्किल पर्छ ।’
गाउँमा बाँदर आतंकबाट बसाइसराईं रोक्न अदुवा बेसार, कागती, अमिलो जन्य खेतीतर्फ कृषकलाई आकर्षण गर्नुपर्ने सांसद भट्टराई बताउँछन् । ‘बाँदरकै करणले गर्दा धेरै बसाइसराईं हुँदा गाउँ नै खाली हुने अवस्था आइपर्ने स्थितितर्फ गण्डकी प्रदेश सरकारको कृषि उर्जा मन्त्रालयलाई ध्यानकर्षण गराउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्र सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ दिइने
-
कांग्रेसका '११ भाइ'को निर्णयमा इतर समूह सहमत हो ?
-
बम राखेको धम्कीपछि रोम डाइभर्ट भयो दिल्ली आइरहेको अमेरिकी विमान
-
फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
-
६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता