रुसी इन्धनको मूल्य नियन्त्रणबारे सहमति खोज्ने ईयूको प्रयास

ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले रुसी पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणका लागि शुक्रबार एक सम्झौताका लागि पहल थालेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय प्रयासको पछिल्लो हिस्साका रुपमा यो कदम चालिएको हो ।
ईयूले गत डिसेम्बरमा समुद्री मार्गबाट आउने रुसी कच्चा तेललाई प्रतिबन्ध लगाएको थियो र जी–७ का साझेदारसँग मिलेर विश्वभर निर्यातका लागि प्रतिब्यारेल ६० डलरको सीमा तोकेको थियो ।
अब पेट्रोल, डिजेल र इन्धनजस्ता रुसी प्रशोधित तेल उत्पादनहरूलाई लक्षित गरी ईयूमा दोस्रो प्रतिबन्ध आइतबारदेखि लागू हुने भएको छ ।
त्यस्तै, ईयू र जी–७ समूहले पनि ती उत्पादनको विश्व बजारमा रुसी ढुवानीमा मूल्य सीमा तोक्न सहमत भएका छन् ।
इयूले डिजेलजस्ता महँगा उत्पादनमा प्रतिब्यारेल १०० डलर र इन्धन तेलजस्ता सस्तो उत्पादनमा ४५ अमेरिकी डलरको सीमा तोक्ने आफ्नो कार्यकारी निकायको प्रस्तावलाई भने अस्वीकार गरेको छ ।
कूटनीतिज्ञहरूका अनुसार पोल्याण्ड र बाल्टिक राष्ट्रहरू, जसले रूसको प्रतिबन्धहरूमा ईयूमा सबैभन्दा कडा अडान लिएका छन्, मस्कोको आयलाई थप नियन्त्रण गर्न मूल्य घटाउन दबाब दिइरहेका छन् । (रासस/एएफपी )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन कम्युनिस्ट पार्टीको प्रतिस्पर्धा : आफ्ना रोक्ने, अर्काका खोस्ने !
-
नेताको टाउको होइन, कार्यकर्ताको मन जोड्नुपर्छ
-
काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन
-
‘जनतालाई समाजवाद बुझाउने गरी कोही पनि हिँड्न सकेनौँ’
-
‘माओवादीको विकल्पमा अन्य पार्टी छैनन्’
-
जति दक्षिणतिर पुगेँ, उति नै विभेद र अभाव पाएँ : प्रचण्ड