विश्व क्यान्सर दिवस : 'आशाको लागि ज्योति' (तस्बिरहरु)
शुक्रबार, २० माघ २०७९, १९ : ०८

ललितपुर । विश्व क्यान्सर दिवसको पूर्वसन्ध्यामा ललितपुरमा द्वीप प्रज्वलन गरिएको छ। शुक्रबार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सपोर्ट ग्रुपले विश्व क्यान्सर दिवसको पूर्वसन्ध्यामा द्वीप प्रज्वलन गरेका हुन् ।
'आशाको लागि ज्योति' भन्ने नारासहित क्यान्सरविरुद्ध जनचेतना जगाउन ललितपुर महानगरपालिकामा कार्यक्रम गरिएको हो । भोलि शनिबार विश्व क्यान्सर दिवस मनाइँदै छ ।