प्रदेश सरकार
मधेस प्रदेशमा माओवादी असन्तुष्ट, सरकारमा गएन
शुक्रबार, २० माघ २०७९, १८ : ११

जनकपुर । मधेस प्रदेशमा नेकपा माओवादी केन्द्र असन्तुष्ट बनेको छ । सत्ता साझेदार दलहरुबीच भएको छलफलमा आफूले रोजेको मन्त्रालय नपाएपनि माओवादी केन्द्र असन्तुष्ट बन्दै सरकारमा सहभागी नभएको हो ।
माओवादीले विकासेसहित दुई मन्त्रालय माग गरेको थियो । तर, मुख्यमन्त्री सरोज कुमार यादवले उद्योग मन्त्रालयसहित अर्को एक राज्यमन्त्री दिने बताएपछि सो पार्टी अन्तिम समयमा आएर सरकारमा सहभागी नभएको हो ।
माओवादी असन्तुष्ट बनेपछि मुख्यमन्त्री यादवले उद्योग मन्त्रालय आफैँसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । मधेस प्रदेशमा माओवादीबाहेकको १३ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान
-
व्यक्तिका पछि लागिन्न, राजा होस् कि नेता
-
दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ
-
ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छः प्रभु साह