हवाई यातायात सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट, मंगलबार पेशी
शुक्रबार, २० माघ २०७९, १७ : ०६
काठमाडौँ । कानुनी, प्राविधिक एव संरचनागत क्षमता अभावले अत्यधिक हवाई दुर्घटना हुने गरेको भन्दै नेपालको हवाई यातायातलाई सुरक्षित बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार दायर गरेको रिट निवेदनको पेशी माघ २४ गते मङ्गलवारलाई तोकिएको निवेदक त्रिपाठीले जानकारी दिए ।
रिटमा निवेदकले विशेषज्ञहरूको उच्चस्तरीय समिति गठन गरी उड्डयन क्षेत्रसँग विद्यमान कानुन, नियम, सुरक्षा मापदण्डहरूको पुनरावलोकन गर्न माग गरेका छन् । त्यस्तै विशेषज्ञ समितिको सिफारिस बमोजिम हवाई यातायातको सञ्चालन सम्बन्धी विद्यमान कानुन, नीति एव हवाई सुरक्षा मापदण्डहरूको संशोधन एव परिमार्जन गर्नुपर्ने निवेदकको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लस एन्जेलसको अग्नि प्रभावित क्षेत्रमा राती कर्फ्यू
-
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न कानुन अनुमोदन गर्न सल्लाहकार परिषदद्वारा सिफारिस
-
द्विविधा नहोस् भन्दै परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक
-
१२ बजे, १२ समाचार : तीनवटा अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णयदेखि वर्तमान सरकार संकटमा परिसकेको भन्दै विपक्षी दलको दौडधूपसम्म
-
तीन अध्यादेश ल्याउने सरकारको निर्णय
-
नेपाल स्काउटका निर्देशक भट्टराई निलम्बित