भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
शुक्रबार, २० माघ २०७९, १६ : ४९

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका ५ स्थित बडागाउँ भिरमा अड्किएका एक जना व्यक्तिको सशस्त्र प्रहरीले शुक्रबार सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा माघ १९ गते भिरमा खसेका थिए ।
सोबारे स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएपछि उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधि अपनाई करिब १५ मिटर तलबाट सकुशल उद्धार गरेको हो ।
उद्धार पश्चात् उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वततर्फ पठाइएको प्रहरीले जनाएको छ । साथै उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह