अमेरिका र क्यानडामा चीनको ‘जासुसी बेलुन’ भेटिएको दाबीमा चीनले के भन्यो ?

बुधवार अमेरिका र क्यानडामा शङ्कास्पद जासुस बेलुन भेटियो भन्ने घटनामा अब चीनको बयान आएको छ । अमेरिकी अधिकारीहरूले यो बेलुन चीनको भएको दाबी गरेका छन् ।
चीनको विदेश मन्त्रालयले यी रिपोर्टहरूमा शान्ति कायम राख्न अपिल गरेको छ । उनका अनुसार तथ्यविना सार्वजनिक भएका अड्कलबाजी र बढाई चढाई पेस गरिएको कुराले समाधान निस्कँदैन ।
दुई दिनअघि बुधवार नै अमेरिकाको पश्चिमी राज्य मोन्टानामा यो बेलुन उडिरहेको भेटिएपछि विमानको उडान बन्द गर्नुपरेको थियो ।
अधिकारीहरूले यो मोन्टानामा देखा पर्नु अघि अलास्काको अलेउटियन टापु र क्यानडामा देखिएको बताएका छन् ।
तर, फोहोर फैलिने खतराका कारण सेनाले बेलुन नखसाल्ने निर्णय गरेको थियो ।
क्यानडाको बयान
यस्तै, क्यानडाले आफ्नो हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्न र भविष्यमा हुन सक्ने यस्ता घटनामाथि निगरानी राख्नका लागि कदम उठाइरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने
-
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
-
माधव नेपाल र आरती लामाबिच बैठकमा भएको के हो ?
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
अवैध सालको काठसहित दुई जना पक्राउ
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे