मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रालयमा भागबण्डा मिलाइयो

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । सत्ता साझेदार दलमा मन्त्रालयको भागबण्डा मिलाएर मुख्यमन्त्री यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
मन्त्रीहरुको नियुक्तिपछि आजै ४ बजे पद तथा गोपनीयताको शपथ दिलाउने कार्यक्रम रहेको छ ।
भागबण्डाअनुसार जनमत पार्टीका महेश प्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री बन्ने भएका छन् । यस्तै सोही पार्टीका सञ्जय कुमार यादव भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बन्ने भएका छन् ।
यसैगरी जसपाबाट सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सिंहासन साह कलवारले पाउने भएका छन् । यसैगरी सुरिता साहलाई खानेपानी तथा ऊर्जा विकासमन्त्री बनाइने भएको छ ।
यसैगरी एमालेबाट गृह तथा सञ्चार राज्यमन्त्री मोहमद जइद आलम बन्ने सहमति हुँदा गृह तथा सञ्चारमन्त्री राजकुमार लेखी बन्ने भएका छन् । यस्तै महिला बालबालिका तथा युवा खेलकुद मन्त्रालयमा सत्रुधनसिंह कोइरीलाई पठाइने भएको छ ।
यस्तै संसदीय मामिला मन्त्रालयमा भने अझै सहमति जुटेको छैन । सो मन्त्रालय मुख्यमन्त्री आफैँ राख्ने कि एमालेलाई दिने भन्नेमा सहमति हुन बाँकी रहेको बताइएको छ ।
उद्योग पर्यटन तथा वन मन्त्रालयमा माओवादीका भरत प्रसाद साहको नाम आउँदा सुनिता यादव राज्यमन्त्री बन्ने बताइएको छ । यद्यपि माओवादीले भागबण्डामा चित्त नबुझाएको एक नेताले बताए ।
भागबण्डा नमिल्दा मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म